बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारत र पाकिस्तानलाई संयमता अप्नाउन चीनको आह्वान

बुधबार, २२ साउन २०७६, ०० : ५२
बुधबार, २२ साउन २०७६

एजेन्सी-चीनले भारत र पाकिस्तानलाई संयमता अप्नाउन आह्वान गरेको छ । भारतले आफ्नो संविधानको धारा ३७० खारेज गरी जम्मु काश्मिरलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको भोलिपल्ट चीनको सो प्रतिक्रिया आएको हो । चीनले दुवै देशलाई यथास्थितिलाई परिवर्तन गर्ने दिशामा नजान पनि आग्रह गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले भनेकी छिन्, ‘चीन जम्मु काश्मिरको पछिल्लो स्थितिप्रति निकै गम्भीर रुपमा चिन्तित भएको छ । कश्मिरको मुद्धाप्रति चीनको धारणा स्पष्ट छ । त्यहाँ अन्तर्राष्टिय सहमति पनि छ कि काश्मिरको मुद्धा भनेको भारत र पाकिस्तानले विगतबाट सिकेको पाठ पनि हो । सम्बन्धित पक्षले संयमता अप्नाउन र विवेकपूर्ण ढंगबाट प्रस्तुत हुन जरुरी छ ।’

चीनले भनेको छ, ‘हामी भारत र पाकिस्ता दुबै पक्षलाई कुराकानी र परामर्शमार्फत शान्तिपूर्ण रुपमा विवादहरुको समाधान गर्न र यस क्षेत्रमा शान्ति र स्थायित्व जोगाउन आग्रह गर्छौ ।’ Image: fmprc.gov.cn

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप