भारत र पाकिस्तानलाई संयमता अप्नाउन चीनको आह्वान
एजेन्सी-चीनले भारत र पाकिस्तानलाई संयमता अप्नाउन आह्वान गरेको छ । भारतले आफ्नो संविधानको धारा ३७० खारेज गरी जम्मु काश्मिरलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको भोलिपल्ट चीनको सो प्रतिक्रिया आएको हो । चीनले दुवै देशलाई यथास्थितिलाई परिवर्तन गर्ने दिशामा नजान पनि आग्रह गरेको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले भनेकी छिन्, ‘चीन जम्मु काश्मिरको पछिल्लो स्थितिप्रति निकै गम्भीर रुपमा चिन्तित भएको छ । कश्मिरको मुद्धाप्रति चीनको धारणा स्पष्ट छ । त्यहाँ अन्तर्राष्टिय सहमति पनि छ कि काश्मिरको मुद्धा भनेको भारत र पाकिस्तानले विगतबाट सिकेको पाठ पनि हो । सम्बन्धित पक्षले संयमता अप्नाउन र विवेकपूर्ण ढंगबाट प्रस्तुत हुन जरुरी छ ।’
चीनले भनेको छ, ‘हामी भारत र पाकिस्ता दुबै पक्षलाई कुराकानी र परामर्शमार्फत शान्तिपूर्ण रुपमा विवादहरुको समाधान गर्न र यस क्षेत्रमा शान्ति र स्थायित्व जोगाउन आग्रह गर्छौ ।’ Image: fmprc.gov.cn
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण