सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लोक सेवाविरुद्ध मौन जुलुस

मङ्गलबार, २१ साउन २०७६, १९ : ५२
मङ्गलबार, २१ साउन २०७६

काठमाडौं– संविधानमा उल्लेख गरिएको समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको दावीसहित आन्दोलनरत ‘आरक्षण बचाऔं, आन्दोलन’ले मंगलबार पनि काठमाडौंमा मौन जुलुशसहित विरोध प्रर्दशन गरेको छ । 

नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा संविधानको मूल मर्म विपरित खुलाइएको सो विज्ञापनको विरोधमा हातमा कालोपट्टी बाँधेर काठमाडौंको भृकृटीमण्डवबाट रत्नपार्कस्थित शान्तिवाटिकासम्म मौन जुलुस निकालिएको हो । लोकसेवा आयोगले संविधानको बर्खिलाप हुने गरी सो विज्ञापन खुलाएकाले विरोधमा आज पनि कालोपट्टी बाँधेर मौन जुलुश निकाल्नुपरेको आरक्षण बचाऔं आन्दोलनका संयोजक नविन रोकामगरले जानकारी दिए ।

आदिवासी, जनजाति, महिला, दलितलगायतका समुदायले लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि विज्ञापन खुलाउँदा समानुपातिक समावेशी सिद्धान्त विपरित खुलाएको दावी गर्दै खारेज गर्न माग गर्दै आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप