आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकताका काम परिपक्व ढंगले भएका छन्­­­­­ : महासचिव पौडेल

मङ्गलबार, २१ साउन २०७६, १८ : ४५
मङ्गलबार, २१ साउन २०७६

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकता प्रक्रियाका निर्णयहरू परिपक्व ढंगले भएको भन्दै कार्यकर्ताहरूलाई ढुक्क रहन आग्रह गरेका छन् । पार्टी एकताका बाँकी काम केही हप्तामै टुंगिने उनले बताएका छन् ।  आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै महासचिव पौडेलले यस्तो विचार व्यक्त गरेका हुन् ।

एकताका धेरै विषयहरू लगभग सम्पन्न गरिसकेको बताउँदै नेता पौडेलले बाँकी रहेका केही विषयहरू पनि छोटो समयमै टुंगो लगाउने बताएका छन् । लोकतान्त्रिक मान्यतालाई दीगो रूपमा कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय जगतमा नेपालको अस्तित्व स्थापित गर्न पनि नेकपा गठन भएको उनको दाबी छ ।

एकताका मूल विषयहरू सम्पन्न भइसकेको भन्दै नेता पौडेलले एकताका सम्पूर्ण निर्णयहरू सहमतिका आधारमा टुंगो लगाइएको बताए । मतका आधारमा नभएर सहमतिका आधारमा पार्टी एकता गरिएको बताउँंदै उनले पार्टी सञ्चालनको विधि, नीति, विचारका बीचमा एकमत भएकाले अब कसैले पनि एकता तोड्न नसक्ने विचार व्यक्त गरे । एकताको समयमा पार्टी कार्यकर्ता तथा जनतामा असाधारण उत्साह सिर्जना भएको स्मरण गर्दै महासचिव पौडेलले लामो समयसम्म पनि पार्टी एकताले पूर्णता पाउन नसक्नुले केही नैराश्यता पैदा गरे पनि अवस्था त्यस्तो नरहेको बताए ।

उनले जनताको जनवाद, माओवाद र २१ औँ शताब्दीको जनवादका बारेमा खुलेर छलफल गरी अधिवेशनबाट टुंगो लगाइने बताए । उनले पार्टीले प्रकाशन गरेका विधान, प्रतिवेदनहरू अध्ययन गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

कार्यक्रममा नेकपा रुपन्देही जिल्ला इन्चार्ज लिला गिरी, राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, प्रदेशसभा दधिराम न्यौपाने, नेकपा रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी, लगायतले मन्तव्य राखेका थिए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप