बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शाओमीद्वारा नेपालमा रेडमी ७ ए सार्वजनिक

मङ्गलबार, २१ साउन २०७६, १८ : ४१
मङ्गलबार, २१ साउन २०७६

काठमाडौं– शाओमीले आज सबैभन्दा रुचाईएको रेडमी ए सिरिज लाइनअपको रेडमी ७ ए नेपालमा सार्वजनिक गरेको छ ।

रेडमी ६ ए लाई पूर्ण रुपमा अपग्रेड गरेर कम्पनीले रु ११,५०० देखि रेडमी ७ ए नेपाली बजारमा भित्र्याएको छ ।  यसमा क्वालकम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० एमएएच ब्याट्री, १२ एमपी सोनी आईएमएक्स४८६ क्यामेरा सेन्सर र म्याट फिनिस भएको यूनीबडी डिजाइन जस्ता विशेषताहरु रहेका छन् ।

दुई वर्षसम्मको वारेन्टी

गुणस्तरमा विशेष ध्यान दिँदै आएको शाओमीले आफ्ना ग्राहकहरुलाई उच्च गुणस्तरीय ब्राण्डको अनुभव प्रदान गर्ने फोनहरु उपलब्ध गराउँदै आइरहेको छ । यस ब्राण्डले ग्राहकहरुलाई उच्च गुणस्तरीय उत्पादनका साथै दिर्घकालिन सेवा प्रदान गर्ने प्रतिबद्धतासँगै रेडमी ७ ए मा दुई वर्षको वारेन्टी प्रदान गरेको छ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नेपालका एमाई फ्यानहरुलाई नयाँ रेडमी ७ ए फोन ल्याउन पाउँदा निकै खुसी भएको बताए । उनले भने, ‘१२ एमपी सोनी आईएमएक्स४८६ सेन्सर क्यामेराको अनुभव प्रदान गर्ने २ जीएचजेड ओक्टा–कोर क्वालकम स्न्यापड्रेगन ४३९ ले संचालित रेडमी ७ ए मा अविश्वसनीय विशेषताहरु रहेका छन् । साथै, रेडमी ७ ए ४००० एमएएच ब्याट्री  भएको रेडमी ‘ए’ सिरिजकै पहिलो यस प्रकारको स्मार्टफोन हो ।

हामीलाई विश्वास छ कि हाम्रो उत्पादन उच्च गुणस्तरीय छ त्यसैले हामीले रेडमी ७ ए मा दुई वर्षको वारेन्टी प्रदान गरिरहेका छौं । सुलभ मूल्यमा नविनतम उत्पादनहरु पेश गरेर नयाँ बेन्चमार्क राख्न सफल भएका छौं र हामी रेडमी ७ ए ले एमआई फ्यानहरु र अन्य ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्नेछ भन्ने पक्षमा सकारात्मक छौं ।’

रेडमी ए सिरिजले हरेक सेगमेन्टमा नयाँ तथा उत्तम प्रविधिहरु ल्याएको छ ।  रेडमी ७ ए मा २ जीएचजेड सक्षम ओक्टा–कोर स्न्यापड्रेगन ४३९ र उच्च क्षमता भएको ४००० एमएएच ब्याट्री रहेको छ जसले दुई दिनसम्मको ब्याट्री लाइफ सुनिश्चित गर्दछ ।

रेडमी ७ ए मा १२ एमपी सोनी आईएमएक्स४८६ सेन्सर रहेको छ जुन सेन्सर भएको यस सेगमेन्टकै पहिलो फोन हो । यस फोनमा उत्कृष्ट पोर्ट«ेट सेल्फीका लागि एआई पोर्ट«ेट मोड सहितको ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ ।

प्रयोगकर्ताका अनुभवलाई अझै बढाउन, रेडमी ७ ए मा वायरलेस एफएम रेडियो छ जसमा इयरफोनको आवश्यकता बिना नै रेडियो सुन्न सकिन्छ । उत्कृष्ट भिविङ एन्गलका साथ यसमा १३.८ सीएम (५.४५) १८ः९ एचडी प्लस फूल स्क्रिन डिस्प्ले रहेको छ ।

रेडमी ७ ए मा डूअल सिम प्रयोग गर्न सकिन्छ साथै यसमा डेडिकेटेड माइक्रो एसडी कार्ड सल्ट रहेको छ जसले २५६ जीबीसम्म सपोर्ट गर्दछ । रिइन्फोर्सड् कर्नर र स्प्ल्यास प्रुफ डिजाइनले गर्दा फोन खस्दा वा पानीमा भिज्दा पर्ने जोखिमबाट बचाउँछ ।

रेडमी ७ ए म्याट ब्लाक र म्याट ब्लु भेरियन्टमा उपलब्ध हुनेछ । २ जीबी प्लस ३२ जीबी भेरियन्ट रु ११,५०० मा अगष्ट ९ तारिकबाट बाट देशभरका आधिकारिक एमआई स्टोर, पार्टनर स्टोर तथा रिटेल च्यानल र डराज डट कममा उपलब्ध हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप