केन्द्रीय संस्करण
अन्तरवार्ता

हामीले दल र तिनका नेतालाई चाहिनेभन्दा बढी शक्तिशाली बनायौंः पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल

'हाम्रो राजनीतिक नेतृत्वमा संसारले नै सिक्नुपर्ने  महत्वपूर्ण स्ट्रेन्थ छ'

person explore access_timeसाउन २१, २०७६ chat_bubble_outline0

समसामयिक राजनीतिमा गहिरो अध्ययन र रुचि राख्नुहुने,ऐतिहासिक संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनु हुने पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसँग रातोपाटीका लागि चन्द्र खाकी र फणिन्द्र नेपालले गरेको कुराकानीको दोस्रो (बाँकी) भाग ।

तपाईंले नेताहरुको आचरणदेखि व्यवस्थाका बारेमा समेत आफ्ना विचार अवधारणाहरु हामीलाई बताउनुभयो । यसै सन्दर्भमा कुरा गर्दा केही समयअघि तपाईंले संविधानसभाको निर्वाचनपछि अब नेताहरु ‘रिटायर्ड’ हुनुपर्छ भन्नुभएको थियो । राजनीतिक नेतृत्वमा अहिलेका नेताको विकल्प के देख्नुभएको छ?

सबैभन्दा पहिलो कुरा, मेरो भनाइ राजनीतिक नेतृत्वको भूमिका अरु कसैले लिने भन्ने होइन । मेरो भनाइ के हो भने कुनै पनि व्यक्तिको अथवा पदार्थको, वस्तुको उच्चतम उपयोगिता निश्चित अवधिसम्म मात्रै हुन्छ र त्योपछि ह्रास हुँदै जान्छ ।  हाम्रो कानुनमै ह्रास कट्टा गर्ने व्यवस्था छ । त्यो प्रकृतिको नियम पनि हो । कुनैपनि कुरा निर्विवाद रुपमा सधैँ उस्तै प्रभावी हुँदैन । 'त्यो ह्रास ममा आउन थाल्यो है, अब मैले सम्बोधन गर्न सक्दिनँ' भन्ने आत्मज्ञान नेतृत्व आफूमा आउन पर्यो । म नै सवै जान्ने छु, म नभए पार्टी चल्दैन, मुलुक चल्दैन भन्ने भ्रमबाट मुक्त हुनु पर्‍यो । मलाई जस्तै अरुलाई पनि नेतृत्वमा पुग्ने चाहना हुनसक्छ, नयाँले मौका पायो भने थप राम्रो गर्न सक्छन् भन्ने सोच आउनु पर्‍यो नि । दल र सरकारको नेतृत्वलिन सक्ने एकसे एक होनहार युवा हरेक दलमा छन्, भलै माथिल्लो तहमा कमै पुगेका देखिएपनि ।

सांसदलाई मन्त्री नबनाऔं, खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन गरौं 

अर्को बिडम्बना पनि छ। अहिलेको हाम्रो जनसंख्यामा युवाहरुको बाहुल्यता छ तर राजनीतिक दलहरुमा पहिलो त जनसंख्यालाई प्रतिनिधित्व गराउने गरी नेतृत्व तहमा युवा छैनन् भने अर्को झनै महत्वपूर्ण पाटो दलहरू भित्र रहेका भरोसा मन्द र सक्षम युवा नेतृत्वले आफू बूढो नभई नेतृत्वमा पुग्नै नसक्ने अवस्था देखियो । यो कुरा दल र मुलुककै लागि दुर्भाग्य हो ।

यस सन्दर्भमा केटाकेटी अवस्थाको आफ्नो एउटा सानो अनुभव बाँड्न चाहन्छु ।

*******

शारीरिक रुपमा ऊ बहरभन्दा  बलियो हुने तर  बहर जसले गर्भाधान गर्न सक्छ उसलाई गाईछेउ पर्नै नदिने ।  आफूले पनि नसक्ने तर सक्ने बहरलाई पनि मौका नदिने । यस्तो स्थितिमा हामी बुढो गोरुलाई लठ्ठीले चुटेर लखेट्थ्यौं र पर लगेर बाँधेर राखेर भएपनि बहरलाई मौका दिन्थ्यौं । नेतालाई पनि त्यस्तै गरेर धपाउनु पर्छ भनेको होइन, अति भयो भने परिस्थितिले जुनसुकै मोड लिन सक्छ भन्ने तथ्यलाई उहाहरु आफैंले आत्मसात गर्ने हो ।

*******

सानोमा गाईवस्तु हेर्न गोठालो जाँदा गाईले गोरु खोज्ने बेलामा (गर्भाधानको बेला) त्यसको गन्ध पाउने बित्तिकै  बुढो गोरु, जसको नसाच्छेदन भइसकेको छ र जसले गाईलाई गर्भवती बनाउन सक्दैन, शारीरिक रुपमा ऊ बहरभन्दा  बलियो हुने तर  बहर जसले गर्भाधान गर्न सक्छ उसलाई गाईछेउ पर्नै नदिने ।  आफूले पनि नसक्ने तर सक्ने बहरलाई पनि मौका नदिने । यस्तो स्थितिमा हामी बुढो गोरुलाई लठ्ठीले चुटेर लखेट्थ्यौं र पर लगेर बाँधेर राखेर भएपनि बहरलाई मौका दिन्थ्यौं । नेतालाई पनि त्यस्तै गरेर धपाउनु पर्छ भनेको होइन, अति भयो भने परिस्थितिले जुनसुकै मोड लिन सक्छ भन्ने तथ्यलाई उहाहरु आफैंले आत्मसात गर्ने हो ।

दलको नेतृत्वहरुले गंभीर रुपमा चिन्तन गर्नु पर्ने र स्वयं बोध हुनैपर्ने अर्को पाटो पनि छ । प्रत्येक परिवर्तन पछाडिका व्यवस्थापनमा हामी चुकेका छौं र मुलुक छिटो ढिलो ठूला परिवर्तनमा गयो, स्थिरता भने कायम हुन सकेन । मेरो बुझाइमा आन्दोलन सफल बनाउन जसको भूमिका महत्वपूर्ण रह्यो र ठूलो योगदान रह्यो, उसैले अबको व्यवस्थापन पनि मैं गर्छु भन्ने कुरा विगतमा हाम्रै अनुभवले फेल खायो । एउटा उत्कर्षको उपलब्धिपछि त्यसको व्यवस्थापन गर्ने नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरेको भए त्यो असफलताको बाटोमा मुलुक जाने थिएन भन्ने मेरो बुझाइका आधारमा समेत मैंले नेतृत्व हस्तान्तरणको कुरा गरेको थिएँ ।

तर तपाईंले भन्नुभएजस्तोगरी नेतृत्वका गलत क्रियाकलापहरुको डटेर आलोचना,मुकाबिला गर्ने,त्यस्ता नेतृत्वलाई  विस्थापन गर्ने आँट,हुति र राजनीतिक चेत भर्ने खालका काम र संस्कारको विकास नेपालको राजनीतिक दलहरुबाट गरिएको त देखिँदैन नि ! तपाईंले भनेजस्तो नेतृत्वका विरुद्ध त्यसरी कार्यकर्ता उठ्न सक्ने सम्भावना रहन्छ र?

मैंले पहिलेनै भनिसकेको छु कि हामीले दल र तीनका नेतालाई चाहिनेभन्दा बढी शक्तिशाली बनायौं । नेताको खराब कामको आलोचना गर्न हिम्मत देखाउने, सुधारका लागि आवाज उठाउने दलभित्रका त्यस्ता नेता वा कार्यकर्ता ती नेताले लिएको बदलाबाट राजनीतिबाटै सन्यास लिनुपरेका वा मौकामा पछि पारिएका प्रशस्त उदाहरण छन्, यसले गर्दा संभावना बोकेका व्यक्तिहरु पनि भविष्यै अन्धकार बनाइदेलान भन्ने डरले कतिपय खुलेर आउन सकेका छैनन् ।

*******

नेताको खराब कामको आलोचना गर्न हिम्मत देखाउने, सुधारका लागि आवाज उठाउने दलभित्रका त्यस्ता नेता वा कार्यकर्ता ती नेताले लिएको बदलाबाट राजनीतिबाटै सन्यास लिनुपरेका वा मौकामा पछि पारिएका प्रशस्त उदाहरण छन्, यसले गर्दा संभावना बोकेका व्यक्तिहरु पनि भविष्यै अन्धकार बनाइदेलान भन्ने डरले कतिपय खुलेर आउन सकेका छैनन् ।

 *******

अर्को महत्वपूर्ण कमजोरीको पाटो हाम्रो समाजमा छ । कुनै भरोसामन्द र होनहार व्यक्ति देखापर्‍यो भने यो राष्ट्रको सम्पत्ति हो, यसलाई कसरी बढावा दिने भन्नुको साटो यसले हाम्रो भागपो खोस्छ कि भन्ने कुत्सित भावनाले उसलाई दल भित्रैबाट बदनाम गराउने, हतोत्साही गरेर कामै नलाग्ने बनाउने प्रवृत्ति छ । अझ अर्को दलतिरको पर्‍यो भने त कुरै सकियो, कतिसम्म हुर्मत लिइन्छ भनेर । यस्ता प्रतिभा कुनै पनि समाजमा विरलै जन्मन्छन्, तिनको क्षमताको मुलुकले फाइदा लिन जान्नु र सक्नु पर्दछ । जहा हामी चुक्दै आएका छौं ।

*******

हाम्रो प्रणालीगत असफलता नेतृत्व छनौटको ढाँचामा छ । मट्टितेल थाप्ने लाइन जस्तो भइदियो, जो अगाडि छ उसको पालो ।

*******

हाम्रो प्रणालीगत असफलता नेतृत्व छनौटको ढाँचामा छ । मट्टितेल थाप्ने लाइन जस्तो भइदियो, जो अगाडि छ उसको पालो ।

हामीले अनुकरण गरेको बेलायती संसदीय अभ्यास मात्रै हेर्ने हो भने टोनी ब्लेयर एकचालीस वर्षको उमेरमै लेवर पार्टीको नेता बने र आफ्नो नेतृत्वमा चुनावमा गएको दललाई २ वर्षभित्रै अत्यधिक बहुमत दिलाएर ४३ वर्षको उमेरमा प्रधानमंत्री बने । ओबामा ४६ बर्षमै राष्ट्रपति हुन पुगे । त्यहाँ सक्षमताको कसीमा नेतृत्व छान्ने परिपाटीले त्यो अवस्था आएको हो, तेसैले हामीले पनि कसरी त्यस्तो लिडरसिप प्रमोट गर्न सक्छौं, प्रणालीमा सोच्नु पर्‍यो । व्यक्तिले लडेर लिने भन्दा पनि ।

*******

हामीले पनि कसरी त्यस्तो लिडरसिप प्रमोट गर्न सक्छौं, प्रणालीमा सोच्नु पर्‍यो । व्यक्तिले लडेर लिने भन्दा पनि ।

*******

यसको अर्थ नेतृत्वमा जाने वा निर्वाचित हुने प्रकृयामा पनि उमेरको हदबन्दी लगाउनु पर्ने आवश्यकता देखियो हैन,?

हदबन्दी नै त नभौं, तर नेतृत्वमा रहेकाहरुमा आफूले परिणाममुखी ढंगले काम गर्न नसकेपछि योग्य र सक्षम नयाँ पुस्तामा जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्ने चेत र आत्मानुभूति हुनुपर्छ । हो, कुनै – कुनै अवस्थामा नेतृत्वमा रहने वा आउने कुरामा अपवाद पनि रहन सक्छ । उदाहरणको लागि, मलेसियाका महाथीरलाई लिन सकिन्छ । परिस्थितिले उहाँको नेतृत्व माग गर्‍यो र ९३ वर्षको उमेरमा प्रधानमंत्रीको जिम्मेवारी सम्हाल्नुभयो । तर त्यसै उहाँलाई ल्याइएन, उहाले पदमा रहँदा आर्जेको शाखको परिणाम थियो त्यो । तर हाम्रोमा त डुङ-डुङ गनाएको छ, दललाई अस्तव्यस्त बनाएको छ, क्रेडिबिलिटी सून्यबाट तल झरिसकेको छ, समाजका अगाडि निर्बस्त्र जस्तै भै सकेपनि उ त्यो कुरा सुन्न, बुझ्न र पत्याउन तयार हुन्न ।

*******

हाम्रोमा त डुङ-डुङ गनाएको छ, दललाई अस्तव्यस्त बनाएको छ, क्रेडिबिलिटी सून्यबाट तल झरिसकेको छ, समाजका अगाडि निर्बस्त्र जस्तै भै सकेपनि उ त्यो कुरा सुन्न, बुझ्न र पत्याउन तयार हुन्न ।

*******

त्यसैले मेरो भनाइ के हो भने, पार्टीहरुले नै सक्षमतालाई अगाडि बढाउने प्रणालीको विकास गर्नुपर्यो ।

अर्को ठूलो समस्या त दलहरुबीचको अन्तरकलहको विषय छ, दलभित्र न्याय भएन, नेताहरुले गुट-उप गुट खडा गर्ने, आफू बलियो र नेतृत्वमा स्थापित भइरहन आफ्ना भक्तलाई टिकट दिने कुराले दलहरुलाई नै कमजोर बनाइरहेको छ । यसैको परिणाम हो घात-प्रतिघात र अन्तरघातको कुरा । यसका लागि पनि शुद्धीकरण जरुरी छ राम्रो र सक्षमलाई मौका दिन । यसका लागि खासगरी निर्वाचनमा जानेलाई मनपरेकोलाई गोजीबाट उम्मेदवार तय गर्ने र गुट उपगुटको भागबण्डा लाउने प्रकृया अन्त गर्ने । तेस्तो पदमा निर्वाचनमा जान खोज्नेहरूका बीचमा दलकै कार्यकर्ताले (आ-आफ्ना कन्स्ट्यिच्युएन्सीबाट) “प्राइमरी इलेक्सन” को माध्यमबाट विजयी व्यक्तिलाई उमेदवार बनाउने परिपाटी बसाल्ने । त्यसैले कुनै ‘सेलेक्सन’ वा ‘इलेक्सन’मा पठाउने मान्छेको लोकप्रियता उसको पार्टीका कार्यकर्ताहरु भित्रैबाट मतदान गर्ने या के गर्ने भन्ने प्रणाली विकसित गरिनु जरुरी छ । यस्तै नयाँ किसिमका कुराहरु सोच्नुपर्‍यो ।

 *******

मैले नेताहरुलाई गाली गरेको होइन, मेरो भनाइ यति हो, नाङ्गै भइसकेको छ तर नाङ्गो छुइनँ भन्न र बुढो गोरुले गाई ओगट्ने जस्तो अवस्था आउन दिनुभएन । त्यसका लागि नेतृत्वमा रहेकाहरुले आफैं आत्मानुभूति गर्नुपर्‍यो । 

*******

यहाँ मैले नेताहरुलाई गाली गरेको होइन, मेरो भनाइ यति हो, नाङ्गै भइसकेको छ तर नाङ्गो छुइनँ भन्न र बुढो गोरुले गाई ओगट्ने जस्तो अवस्था आउन दिनुभएन । त्यसका लागि नेतृत्वमा रहेकाहरुले आफैं आत्मानुभूति गर्नुपर्‍यो । 

त्यो सम्भावना त कम देखिन्छ । त्यसमाथि थप,चुनावका बेलामा आफैंले गरेका लिखित,मौखिक घोषणा तथा प्रतिवद्धता व्यवहारमा कार्यान्वयन गरेको अत्यन्तै कम मात्रै देखिन्छ ।  तपाईंको अनुभवले के भन्छ,के विकसित देशहरुमा पनि राजनीतिक दलहरुले आफ्ना चुनावी घोषणापत्रलाई यसैगरी वेवास्ता गर्छन्?

विकसित देशहरुमा उम्मेदवार भोट माग्न जाँदा उनीहरुले गरेका प्रतिबद्धताहरु र तीनको कार्यान्वनको एक एक हिसाब किताव मतदाताले खोज्छन् । त्यहाँ बहस हुन्छ । त्यसको आधारमा उसलाई भोट दिने कि नदिने भन्ने मानिसहरुले निर्णय गर्छन् । उत्तरदायित्व र जवाफदेहीताका पाटाले काम गरेको देखिन्छ ।

*******

खालि सपना बाँड्नमा दलहरु बीच प्रतिस्पर्धा रह्यो ।  बाँडिएका सपना र भोट लिन तयार गरिएका असंभव घोषणापत्र पत्याइदिने, तीनमा प्रश्न नगर्ने, र तीनको कार्यान्वनका आधारमा जवाफदेही बनाउन  हामी चुक्यौं ।

*******

हाम्रो मूल समस्यानै विधिको शासन, पारदर्शीता र जवाफदेहीता जस्ता पक्ष ज्यादै कमजोर रहे। यसैको परिणति हो हाम्रोमा पार्टीको घोषणापत्रहरु देखाउनका लागि मात्रै भए । भुलभुलैया भनेजस्तै चुनावका बेलामा मान्छेहरुलाई के गर्‍यो भने आकर्षित गर्न सकिन्छ भन्नेमा बढी ध्यान दिइयो, भोलि मैले यो कार्यान्वयन गर्नुपर्छ भनेर सोच्दै सोचिएन, त्यसरी बनाउँदै बनाइएन । खालि सपना बाँड्नमा दलहरु बीच प्रतिस्पर्धा रह्यो ।  बाँडिएका सपना र भोट लिन तयार गरिएका असंभव घोषणापत्र पत्याइदिने, तीनमा प्रश्न नगर्ने, र तीनको कार्यान्वनका आधारमा जवाफदेही बनाउन  हामी चुक्यौं । त्यो बाँडिएका सपना पूरा भएन, त्यसको जवाफदेही को हुने भनेर खोज्दै नखोज्ने तेस्तै, दलका अन्धभक्त भयौं हामी ।

यस्ता कुराबाट पटक्कै नचेत्ने र पछि आउने चुनावमा फेरि त्यही पार्टी वा उम्मेदवारलाई हामी भोट दिन्छौं । यसको अर्थ यो लिडरसिपको मात्रै कुरा भएन, हाम्रै पनि कमजोरी भयो । हामीले उनीहरुलाई जवाफदेही बनाउन सकेनौं ।

एक्काइसौं शताब्दीमा आइपुग्दापनि बाँडिएका सपनालाई पत्याएरै मत दिन्छौं, जिम्मेवार र जवाफदेही बनाउन र खोज्नपट्टी लाग्दैनौं । दलहरुमा त्यो प्रवृत्ति हावी हुनुमा हामी नागरिक पनि तेत्तिकै जिम्मेवार छौं ।

भनेपछि मतदाता वा जनतामा चेतना वा शिक्षाको कमी के भयो?

हो, हाम्रो नागरिक शिक्षा एकदमै कमजोर रह्यो । कलिलो उमेरदेखिनै उच्च प्राथमिकतासाथ यस्तो शिक्षामार्फत् असल र सक्षम नागरिक तयार गर्ने पाटोमा हामी चुक्यौं ।

हामी जे कुरालाई पनि ‘ग्रान्टेड’को रुपमा लिने गर्छौं, सहजै  भइहाल्यो नि,छोडिदिऊ, ऊ हाम्रै पार्टीको मान्छे हो भनेर हल्का रुपमा लिइदिन्छौं ।

यो स्थितिमा पार्टीको नीति कार्यक्रम अनि उसले खडा गरेको उम्मेदवार मलाई मन परेन,म कसैलाई पनि भोट दिन्न भन्ने जनताको अधिकारको औचित्य र आवश्यकता यहाँ देखियो हैन?

हो, त्यो जरुरी छ । अदालतले पनि त्यो प्रावधान अर्थात “नो भोट” को प्रावधान राख्नुपर्छ भनिसकेको छ ।

*******

पार्टी  वा नेतृत्व वा निर्वाचित प्रतिनिधिलाई थप उत्तरदायी र जवाफदेही बनाउने क्रममा  प्रत्याव्हान गर्ने अर्थात् उसले गरेका काम कारवाहीहरुमा चित्त नबुझेमा फिर्ता बोलाउने सक्ने प्रणालीका वारेमा पनि सोच्न सकिएला । अहिले त पटक्कै डर भएन…

*******

आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारीपूरा नगर्ने प्रतिनिधिलाई थप जवाफदेही बनाउन अरु केही उपाय देख्नुभएकोछ ?

पार्टी  वा नेतृत्व वा निर्वाचित प्रतिनिधिलाई थप उत्तरदायी र जवाफदेही बनाउने क्रममा  प्रत्याव्हान गर्ने अर्थात् उसले गरेका काम कारवाहीहरुमा चित्त नबुझेमा फिर्ता बोलाउने सक्ने प्रणालीका वारेमा पनि सोच्न सकिएला । अहिले त पटक्कै डर भएन, कुनै न कुनै रुपमा अंकुसे थाप्ने सोच बनाउने हो कि?

एक पटक चुनिएकाले बहुमतका नाममा गलत काम गरेपनि सहेर बस्नुपर्ने हो र? यसका केही विकल्प केहोलान?

अहिले देखिरहिएको छ, कतिपय अवस्थामा बहुमत भएपछि जे गरेपनि हुन्छ, अरुको कुरा किन सुन्नु पर्‍यो जस्ता भ्रमपनि देखिएका छन् । बहुमत आउनु भनेको सवै आफ्नो मात्र भन्ने होइन, यस्तोमा विरोधीको अझ बेसी कुरा सुनिनु पर्दछ । नत्र अहंले झन छिटो ओरालोबाटोको यात्रामा लाने डर हुन्छ । सत्ता सन्चालनका हरेक जिम्मेवारले यस्ता बिषयलाई गंभीर रुपमा मनन गर्नुमै बुध्दिमानी हुने छ ।

*******

बहुमत आउनु भनेको सवै आफ्नो मात्र भन्ने होइन, यस्तोमा विरोधीको अझ बेसी कुरा सुनिनु पर्दछ । नत्र अहंले झन छिटो ओरालोबाटोको यात्रामा लाने डर हुन्छ ।

*******

हामीले तीन तहको सरकार अभ्यास सुरु गर्यौं । स्थानीय तहको सरकारमा तेरो र मेरो, बहुमत र अल्पमत वीचको झगडाले डरलाग्दो अबस्था देखा पर्दैछ ।

यी र यस्तै अवस्थालाई हेर्दा त  कतिपय कुरामा प्रत्यक्ष प्रजातन्त्रको अभ्यासमा जाने पो हो कि ? जस्तो लाग्दछ । जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने कुरामा जनतासँगै जनमतको माध्यमबाट राय लिने र सोही आधारमा निर्णयमा पुग्ने अभ्यास स्विट्जरल्याण्डले प्रयोग गर्दै आएको छ।  स्वीट्जरल्याण्डमा हरेक काउन्टीमा हरेक दिन वा हप्ता यस्ता अनगिन्ती जनमतहरु भइरहेका हुन्छन् ।  उदाहरणको लागि, आफ्नो क्षेत्रमा कुनै नयाँ कुराको पसल राख्न दिने कि नदिने भन्ने जस्ता सामान्य कुरा समेत उनीहरु जनमतका आधारमा निर्धारण गर्छन् । सवै तहमा यो ब्यबहारिक नहोला तर कमसेकम स्थानीय सरकारको तहमा सुरुवात गर्न सकिएला ।

हाम्रो राजनीतिक संस्कार,घमण्ड वा अरु नै कारणले किन नहोस्,आफ्नो दक्षता र विशेषज्ञता नै नभएका हरेक कुरामा पनि ‘जंगेले बोले पछि बोल्यो’ भन्ने ढंगले राजनीतिक नेतृत्वको उच्च तहले निर्णय गर्ने र त्यसलाई अन्तिम निर्णयका रुपमा थोपर्ने,त्यसबारेमा जनताका राय,सुझावहरु पटक्कै नलिने वा लिए पनि लागू नै नगर्ने कुराहरु विगतमा ठूला ठूला निर्णयहरु लिँदा भए । यसलाई कसरी लिने,कसरी हेर्ने?

जति ठूलो जिम्मेवारीमा पुग्यो तेतिनै वेसी अध्ययनशील, कन्सल्टेटिभ, नम्र हुनु पर्नेमा यहाँले भने जस्तो प्रबृत्ति हावी हुनु दु:खद छ । यसमा फेरि सुशासनकै कुरा आउँछ । दुनियामा कुनैपनि व्यक्ति सवै विषयविज्ञ हुन सक्तैन, आफ्नो क्षेत्रबाहिरका कुरा विषयविज्ञसंग राय सल्लाह लिएर निर्णयमा पुग्न शायद नेतृत्वको अहंकारले रोक्ने होला । हाम्रो राजनीतिक नेतृत्वमा नियमित लेख-पढ गर्ने , ज्यादै कमलाई देखेको छु । पदमा पुगे पछि सवै कुराको ज्ञाता आफैंलाई मान्ने, अरुका कुरा सुन्न लघुताभास मान्ने प्रबृत्तिले कसैको भलो गर्दैन ।

*******

दुनियामा कुनैपनि व्यक्ति सवै विषयविज्ञ हुन सक्तैन, आफ्नो क्षेत्रबाहिरका कुरा विषयविज्ञसंग राय सल्लाह लिएर निर्णयमा पुग्न शायद नेतृत्वको अहंकारले रोक्ने होला । हाम्रो राजनीतिक नेतृत्वमा नियमित लेख-पढ गर्ने , ज्यादै कमलाई देखेको छु ।

*******

निर्णय वा काम गर्दा कमीकमजोरी हुन्छन्, गल्ती हुन सक्छन् तिनलाई स्वीकार गरेर सुधार गर्दै जाने असल नेताको गुण हो । तर हाम्रोमा मैंले जे गरे त्यही ठीक हो, मैंले राम्रो गरेको देख्न नचाहने को रिसको भनाइ हो भन्ने जस्ता प्रवृत्ति देखापर्दछन्, जसमा सुधार जरुरी छ । मबाट गल्ती भयो, अनजानमा भएका यस्ता कमजोरी सुधार गर्दै जान्छु, भएका गल्तीमा क्षमा चाहन्छु भनेर नागरिक समक्षभन्दा घटिने होइन, आम नागरिकले उसको इमान्दारीताको सम्मान गर्छन्, उसको शाख झनै बढ्छ भन्ने दृष्टिकोण नेतृत्वमा आउनु पर्दछ ।

*******

मबाट गल्ती भयो, अनजानमा भएका यस्ता कमजोरी सुधार गर्दै जान्छु, भएका गल्तीमा क्षमा चाहन्छु भनेर नागरिक समक्षभन्दा घटिने होइन, आम नागरिकले उसको इमान्दारीताको सम्मान गर्छन्, उसको शाख झनै बढ्छ भन्ने दृष्टिकोण नेतृत्वमा आउनु पर्दछ ।

*******

अर्को समस्या, जति बेसीसंग सरसल्लाह गर्‍यो, उतिबेसी त्यो विषयको स्वामित्व उनीहरुले पनि लिने र त्यसबाट कार्यान्वयन लगायतका पक्ष सहज हुने र आफ्नो बोझ हल्का हुने हिसाबले नेतृत्वले नसोच्ता उनीहरु कटु आलोचनाको पात्र हुन पुगेका छन् ।

*******

राय सल्लाह लिने घेरामा रहने व्यक्तिहरुको क्षमता, शाख र इन्ट्रेस्टका कुरा पनि गाँसिएकाले पनि यसो हुन सक्तछ । चुस्त, क्षमतावान र विषयविज्ञ, जसले “गर्नहुने, गर्नै पर्ने, वा गर्नै नहुने” कुराको निर्भयसाथ राय दिन्छ तेस्ता भन्दा आफ्ना नजिकका र “हा मा हा मिलाउने हनुमान भक्ति प्रवृत्तिका” सल्लाहकारको घेरामा बस्न रुचाउने प्रवृत्तिपनि तेत्तिकै हानिकारक हुन सक्छ भन्ने बोध हुन जरुरी छ, सुधारको कुरा गर्दा ।

*******

कसैका इन्ट्रेस्ट सर्भ गर्ने हिसाबवाट निर्णय गर्न खोजिदा यस्ता समस्या आउने हुन् ।  यस्ता बिषयमा गुपचुप निर्णय गरिन्छन्, ती थप बिबादित बन्ने र अन्ततोगत्वा आफैंमाथि छिटा लाग्ने कुरामा निर्ययकर्ता सजग हुन जरुरी छ ।  अर्को समस्या के देख्छु भने, राय सल्लाह लिने घेरामा रहने व्यक्तिहरुको क्षमता, शाख र इन्ट्रेस्टका कुरा पनि गाँसिएकाले पनि यसो हुन सक्तछ । चुस्त, क्षमतावान र विषयविज्ञ, जसले “गर्नहुने, गर्नै पर्ने, वा गर्नै नहुने” कुराको निर्भयसाथ राय दिन्छ तेस्ता भन्दा आफ्ना नजिकका र “हा मा हा मिलाउने हनुमान भक्ति प्रवृत्तिका” सल्लाहकारको घेरामा बस्न रुचाउने प्रवृत्तिपनि तेत्तिकै हानिकारक हुन सक्छ भन्ने बोध हुन जरुरी छ, सुधारको कुरा गर्दा ।

यस स्थितिले हामीलाई कतालैजाँदैछभन्ने लाग्छयहाँलाई?

दुर्भाग्यपूर्ण ढंगले मुलुक त्यतातिर गइरहेको छ । अचेल मैले के भन्न थालेको छु भने हामीले कोर्स करेक्सन गर्ने टाइम छ ।

अस्थीरता हाम्रो चरित्र हो । मानसिक रुपमा हामी अझै  स्थीर भइसकेका छैनौं । अलिकति समय दिऔं न भनेर धैर्य गर्दैनौं । तत्काल रियाक्ट गरिहाल्छौं । त्यसैको परिणति सात सालदेखि हेर्ने हो भने हरेक दश दश वर्षमा ठूला राजनीतिक परिवर्तनहरु भएका छन् । प्रत्येक पटकको परिवर्तनका लागि मानिस जुरुक्क उठ्छ, तर त्यसपछिको सत्ताले जन-चाहना अनुरुप काम गर्न चुक्छ र फेरि त्यही नियति दोहरिन्छ ।

*******

अस्थीरता हाम्रो चरित्र हो । मानसिक रुपमा हामी अझै  स्थीर भइसकेका छैनौं । अलिकति समय दिऔं न भनेर धैर्य गर्दैनौं । तत्काल रियाक्ट गरिहाल्छौं । त्यसैको परिणति सात सालदेखि हेर्ने हो भने हरेक दश दश वर्षमा ठूला राजनीतिक परिवर्तनहरु भएका छन् ।

*******

यसै सन्दर्भमा, संविधान जारी गरिएको  २०७२ देखि ४ वर्षको अवधिको पर्फमेन्स हेर्दा यसले जुन किसिमको सकारात्मक सोच आम नेपाली जनतामा लिएर आउनुपर्ने हो, त्यो सकारात्मकतातिरभन्दा बढी नकारात्मकतातिर समाज गइरहेको देख्छु म । यो किन भयो भने, जुन किसिमको अपेक्षाहरु गरिएका थिए, अब यी नेताहरू  चेते, अब यहाँ असल शासन हुन्छ, यहाँ तेरो मेरो हुन्न, कानुनको शासन हुन्छ,  उनीहरु जवाफदेही हुन्छन्, हाम्रो काम सहज रुपले हुन्छ भन्ने मानिसहरुको सोचाइ थिए, तर चाहनाअनुसार त्यो अनुभूत गर्न पाएन । फलतः त्यो विस्तारै नकारात्मक दिशातिर गइरहेको छ । त्यसले गर्दा मलाई डर लागेको, २०७२ सालको दस-वर्षे कोर्समा पुग्ने २०८२ को कुरा गर्दा अब हामीसँग करिब ६ वर्षको समयावधि छ, राजनीतिक नेतृत्व तथा सबै क्षेत्रका नेतृत्वले पर्याप्त कोर्स करेक्सन गरेर हाल देखापरेको नैरास्यतालाई सकारात्मकता तिर लैजानुपर्छ । हैन, त्यो कोर्स करेक्सन नगर्ने हो भने त्यो नेगेटिभ फोर्स बलियो भएर भोलि के हुन्छ, त्यो भन्न सकिन्न ।

*******

मलाई डर लागेको, २०७२ सालको दस-वर्षे कोर्समा पुग्ने २०८२ को कुरा गर्दा अब हामीसँग करिब ६ वर्षको समयावधि छ, राजनीतिक नेतृत्व तथा सबै क्षेत्रका नेतृत्वले पर्याप्त कोर्स करेक्सन गरेर हाल देखापरेको नैरास्यतालाई सकारात्मकता तिर लैजानुपर्छ । हैन, त्यो कोर्स करेक्सन नगर्ने हो भने त्यो नेगेटिभ फोर्स बलियो भएर भोलि के हुन्छ, त्यो भन्न सकिन्न ।

*******

 

भनेपछि दुर्घटनाको संकेत गर्नुभएको हो?

दुर्घटनातिर जानै दिनु हुँदैन । अहिले अत्यन्तै नकारात्मक सोच हावी हुँदै गइरहेको छ । सकारात्मक कुरा गर्नुभन्दा पनि अहिले जसले पनि खत्तम भयो भन्छ, सत्तामा भएका र सत्ताबाट सुविधा लिए बाहेकका कोही पनि सन्तुष्ट देखिन्न। हुन त भन्नु नहुने हो तर सत्ताको उच्च तहमा रहेकाको कुरा सुन्दा सन्तुष्टी त्यहाँ पनि नभएको आभाष मिल्छ ।

*******

कसरी सकारात्मकता तिर लैजाने ? नेगेटिभ वेभ लेन्थलाई पोजेटिभ वेभ लेन्थमा कसरी कन्भर्ट गर्ने हो ? त्यसको लागि के कस्ता किसिमका कोर्स करेक्सन गर्नुपर्छ, हरेक तह र तप्कामा बसेका जिम्मेवार पक्षहरुले सोच्नै पर्छ, बेला यही हो, ढिला गर्नुहुन्न ।

*******

तर त्यसलाई कसरी सकारात्मकता तिर लैजाने ? नेगेटिभ वेभ लेन्थलाई पोजेटिभ वेभ लेन्थमा कसरी कन्भर्ट गर्ने हो ? त्यसको लागि के कस्ता किसिमका कोर्स करेक्सन गर्नुपर्छ, हरेक तह र तप्कामा बसेका जिम्मेवार पक्षहरुले सोच्नै पर्छ, बेला यही हो, ढिला गर्नुहुन्न । हैन भने हामीले नसोचेको परिणतिमा मुलुक जान सक्छ । मेरो छोटो उत्तर भनेको मुलुकलाई सुशासनको बाटोमा लाने कुरानै प्राथमिक हो अरु भौतिक कुरा भन्दा ।

दुर्भाग्यवश त्यो कोर्ष करेक्सन गर्ने आत्मज्ञान र हुति त कसैमा पनि देखिँदैन?

तेसो नभनिहालौं, हाम्रो राजनीतिक नेतृत्व कतिपय अवस्थामा रातारात कसैले कल्पनै नगरेसम्मका निर्णयबाट मुलुकलाई निकास दिन सक्छ भन्ने विगतका दृष्टान्त छन् ।

*******

हाम्रो राजनीतिक नेतृत्वमा संसारले नै सिक्नुपर्ने  महत्वपूर्ण स्ट्रेन्थ छ । त्यो के भने जतिसुकै असहज अवस्था वा आपसी तिक्तता भएपनि समस्याको सम्बोधनमा तुरुन्त सवैसंगै बसिहाल्ने, समाधान पहिल्याउने । जुन खुवी संसारका अन्य देशमा विरलै पाइन्छ।

*******

हाम्रो राजनीतिक नेतृत्वमा संसारले नै सिक्नुपर्ने  महत्वपूर्ण स्ट्रेन्थ छ । त्यो के भने जतिसुकै असहज अवस्था वा आपसी तिक्तता भएपनि समस्याको सम्बोधनमा तुरुन्त सवैसंगै बसिहाल्ने, समाधान पहिल्याउन । जुन खुवी संसारका अन्य देशमा विरलै पाइन्छ।

झन अर्को महत्वपूर्ण र  रमाइलो पाटो पनि छ ।  अरु डुबुन्जेलसम्म उहाँहरु आफूलाई असहज महसुस नै गर्नुहुन्न । जब आफै डुब्छु भन्ने हुन्छ, तब उहाँहरु डराउनुहुन्छ र आफूपनि बाँच्नुहुन्छ अरुलाईपनि बचाउनुहुन्छ । विगतका कैंयौ घटनाक्रमले यो कुरा देखाउँछ ।

अर्थात, अहिलेको मुलुकको जहाजमा अलि अलि भ्वाङ पर्न थालेको छ । निश्चित बिन्दुसम्म त कसैले वास्ता गर्दैन । पानी 'साइजेबल' हुन थालेपछि त ओहो यो जहाज डुब्यो भने त हामी पनि त डुब्छौँ नि त भन्ने किसिमको रियलाइजेसन गर्न अब ढिलो गर्नुहुन्न ।

मुलुक डुब्ने खतराको कुरा गरिरहँदा एकातिर प्रधानमन्त्रीले १७ सालको खतरा देखाउनुहुन्छ,अर्कोतिर उहाँका सल्लाहकारले पनि दुर्घटनाको कुरा गर्नुहुन्छ । यसै त हामी नेपालीमा जसले जे भन्यो त्यतै कुदने चलन छ । यसले चाहिँ के कुराको संकेत गर्छ

कतिपय मिडियाले गर्ने कभरेज, विभिन्न प्रकृतिका कार्यक्रममा ब्यक्त हुने चिन्ता तथा चासो र मसँग आइपुग्ने सबैखालमा मानिसहरुसँगको कुराकानीले पनि अण्डरकरेण्ट क्यै चल्न लागेको पो होकि भन्ने संकेत दिन खोज्छन् । झनै, मूलधारका राजनीतिक पात्रहरुमै देखिने छटपटाहट, वेचैनी र उनीहरुको बेदनाले कहींकतै  भित्रभित्रै पाकिराखेको त होइन भन्ने सोच्ने बनाउछ ।

*******

मूलधारका राजनीतिक पात्रहरुमै देखिने छटपटाहट, वेचैनी र उनीहरुको बेदनाले कहींकतै  भित्रभित्रै पाकिराखेको त होइन भन्ने सोच्ने बनाउछ ।

*******

खासगरी नेतृत्वमा रहेका जिम्मेवार पक्षहरु क्रेडिबल नहुँदा, उनीहरुले बोलेको कुराहरु र गराइमा फरक पर्दा र तादम्यता नमिल्दा परिस्थिति छिटो नकारात्मकतातिर जान्छ ।   यी तमाम कुराहरू खासगरी दुइ-तीन कारणका परिणाम हुनसक्छन ।

पहिलो हो, राजनीतिक दलहरु भरोसायोग्य रहेनन्, ती भित्र प्रजातान्त्रिक पद्दति र प्रकृयाले काम गरेन र दलीय सुशासन भनेको कुइरोको काग भयो । सवै भन्दा वेसी जनाधार भएका संसदमा प्रतिनिधित्व गर्ने दलहरु भित्रको बेथिति र दुरावस्थाले गर्दा दलका कार्यकर्ता जसले उत्साहको सन्देश लैजाने हो उनीहरुनै रणभुल्लमा परेकाछन् र विरक्तिएको र निरास अबस्थामा चुपचाप बस्न बाध्य छन् । आम नागरिकको त कुरै नगरौं ।

*******

सवै भन्दा वेसी जनाधार भएका संसदमा प्रतिनिधित्व गर्ने दलहरु भित्रको बेथिति र दुरावस्थाले गर्दा दलका कार्यकर्ता जसले उत्साहको सन्देश लैजाने हो उनीहरुनै रणभुल्लमा परेकाछन् र विरक्तिएको र निरास अबस्थामा चुपचाप बस्न बाध्य छन् । आम नागरिकको त कुरै नगरौं ।

*******

 दोश्रो, लामो समयको संक्रमणकालले निम्त्याएको अराजकता, दण्ड-विहीनता, छाडापन, कुशासन, राज्यको ढुकुटीको शक्तिमा हुनेले गरेका दोहन र रजगज, तस्करी, लुटतंत्र, भ्रष्टाचार, पैसा हुनेले जे गरेपनि छुटहुने, हरेक क्षेत्रको अति-राजनीतिकरण जस्ता कुराको अन्त्यका लागि समय सुहाउँदा पध्दति, प्रकृया, प्रणाली, संरचना वनाई मुलुकलाई सुशासनको बाटोमा निर्वाचन पछि आउने सरकारले लान्छ भन्ने किसिमका अलिवेसीनै आशा नागरिकले गरे, जसको लागि अलि लामो समय लाग्छ पनि । सुरुवाती दिनमा यस दिशातर्फ केही सकारात्मक पाइला चालिए पनि त्यसपछिका कृयाकलापबाट सुशासनको बाटोमा यो सरकार जाला भन्ने मान्यता आम जनतामा क्रमश: हराउँदै गयो ।

तेस्रो, उच्च नेतृत्व, जो यो गरीब मुलुकको प्रतिनिधित्व गर्दछ, जनताका समस्या सम्बोधन गर्नेतर्फभन्दा आफै बेसी सुविधाभोगी बन्यो, उनीहरु कानून माथिको जस्तो व्यवहार र हैकम गर्न थाले, जुनकुरा आम जनतालाई पाच्य भएन । खुला रुपमा नै भन्न थालियो, एउटा राजा फालियो तर सयौं राजा जन्मिए । दलका नेताहरू, केही अपवादलाई छाडेर, मत्त हात्तीजस्तो देखिए, जुनकुरा आम नागरिकलाई पच्ने कुरा भएन ।

*******

खुला रुपमा नै भन्न थालियो, एउटा राजा फालियो तर सयौं राजा जन्मिए । दलका नेताहरू, केही अपवादलाई छाडेर, मत्त हात्तीजस्तो देखिए, जुनकुरा आम नागरिकलाई पच्ने कुरा भएन ।

*******

चौथो, राज्यका सुशासन प्रत्याभूत गर्ने भूमिकामा रहेका संसद, न्यायालय, संवैधानिक निकायहरुको आफ्नै वा वाह्य कारणले  शाख तीब्रतर ह्रासोन्मुख रह्यो । को र कसको भरोसा गर्ने ? सवै एउटै ड्याङका मूला हुन् भन्ने मान्यता जनस्तरमा बढ्दै गएको प्रतित हुन्छ । 

यी र यस्तै काम कुरा र व्यवहारबाट आम नागरिकमा आएका नैराश्यतामा खेल्न पाइन्छ कि भनेर धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्तिको सलबलाहट भएको हुनसक्तछ ।

*******

नेतृत्ववर्गले गंभीर रुपमा सोच्नै पर्छ कि-  नेपालीहरु किन छिटो-छिटो ठूल-ठूला परिवर्तनकारी आन्दोलनमा सहज रुपले साथ दिन्छन भनेर ।

*******

यहाँनेर खासगरी नेतृत्ववर्गले गंभीर रुपमा सोच्नै पर्छ कि-  नेपालीहरु किन छिटो-छिटो ठूल-ठूला परिवर्तनकारी आन्दोलनमा सहज रुपले साथ दिन्छन भनेर । तेस्तै, हिजो आफूले परिचालन गरे जस्तै अरुले पनि आफ्ना बिरुध्द परिचालन गर्न सक्छन् भन्ने हेक्का राखेर काम गर्न सक्नु पर्‍यो । के फ्याक्टरले काम गरिरहेको छ, मान्छेहरुमा असहमति कहाँ छ ? मनन गर्नु पर्‍यो ।

एउटा उदाहरण हेरौं- ब्युरोक्रेसी अति राजनीतिकरणको मारमा परेर करिव करिव ध्वस्त भएको छ । यसका धेरै कारणमध्ये एक स्थायी सरकार भनिएको कर्मचारीभित्र रहेका संघ संगठनहरु । यो सरकारले चाहाँदा राजनीतिक समझदारीमा एकै झट्कामा त्यसलाई हल गर्न सक्थ्यो तर उसले आवश्यकता नै ठानेन । त्यसमा आएका विकृतिलाई सम्बोधन नगर्ने अनि उल्टै कर्मचारीलाई गाली गरेर मात्र हुन्छ ।

*******

यो सरकारले चाहाँदा राजनीतिक समझदारीमा एकै झट्कामा त्यसलाई हल गर्न सक्थ्यो तर उसले आवश्यकता नै ठानेन । त्यसमा आएका विकृतिलाई सम्बोधन नगर्ने अनि उल्टै कर्मचारीलाई गाली गरेर मात्र हुन्छ ।

*******

यो सरकारको अझै पनि साढे तीन वर्षको समय रहेको छ । चाहने हो भने उहाँहरुले कोर्ष करेक्सन गराउन सक्नुहुन्छ । त्यसका लागि अहिले ठूलो व्यवस्था नै परिवर्तन गरिराख्नु पर्दैन । असल शासनलाई त्यस हिसाबले सोच्ने हो र काम गर्ने हो भने कोर्स करेक्सन गर्न चाहँदा अझै पनि समय छ ।

भरखरै भारतीय गुप्तचर संस्था रका प्रमुखको नेपाल भ्रमण र उनीसँग राजनीतिक,सुरक्षा निकायहरुको भेट भयो भनिएको कुराले ‘चियाको कपमा तुफान’ नै खडा भयो । यस्तो किन हुन्छ?यसले के संकेत गर्छ?

बिधि, प्रकृया र पध्दतिमा नबस्ने, आफ्नोलाई भन्दा परायालाई बिश्वास गर्ने र भर पर्ने, तथा कमजोर मानसिकताको उपजको रुपमा लिएको छु। एउटा संस्थाको प्रमुख अर्को राष्ट्रमा बिना कारण भ्रमण गर्दैन ,  राष्ट्रले कुनै कारणका लागि पठाएको हुन्छ । एजेण्डा र प्रोटोकलका आधारमा त्यस्ता व्यक्तिलाई के कसरी, क-कल्ले, किन, कहाँ र कसरी भेट गर्ने भन्ने कुराको व्यवस्थापन गर्ने परराष्ट्रको जिम्मा हो । त्यो मान्छेले आएर कसैलाई भेट्यो त्यो कुनै ठूलो कुरा होइन । त्यो कुनै महाभारत होइन । तर महाभारत हामीले बनाइ दियौं किनकि परराष्ट्रलाई थाहै नदिइकन गुप-चुप भेट्ने, भेट्ता राज्यको प्रतिनिधि (पराराष्ट्र) नराखी एक्ला-एक्लै सट्याक सुटुक भेटने, पारदर्शी नहुने, अनि महाभारत बनाइएन त आफैंले । सामान्यतया सट्याकसुटुकका भेट बेसी ब्यक्तिगत चाहनाका कुरामा सीमित हुने गर्दछन् । तेही कारणले बिगारेको छ हामीलाई ।

*******

परराष्ट्रलाई थाहै नदिइकन गुप-चुप भेट्ने, भेट्ता राज्यको प्रतिनिधि (पराराष्ट्र) नराखी एक्ला-एक्लै सट्याक सुटुक भेटने, पारदर्शी नहुने, अनि महाभारत बनाइएन त आफैंले । सामान्यतया सट्याकसुटुकका भेट बेसी ब्यक्तिगत चाहनाका कुरामा सीमित हुने गर्दछन् । तेही कारणले बिगारेको छ हामीलाई ।

******

हामी कोही पनि सिस्टममा बस्न नचाहने । अझ संवेदनशीलसंग राष्ट्रका कुरा गर्न एक्लै भेट्न खोज्ने समस्या छ । हामी सिस्टममा नबसेको परिणति हो । कुनै पनि विदेशीले हाम्रो कुनैपनि पदाधिकारीहरुलाई वा अन्य जिम्मेवार व्यक्तिहरुलाई भेट्दाखेरि पराराष्ट्रमार्फत समय दिने । पराराष्ट्रमार्फत् कार्यक्रम मिलाउने । अनि भेट्दाखेरि पनि परराष्ट्रको मान्छे राख्ने । यी तीनवटा कुरा अप्लाई गर्नुस् त । ह्यु एण्ड क्राइ गर्नै पर्दैन । यसो भयो भने पो उसले गरेको कुरा ट्रान्सप्यारेन्ट हुन्छ, भएका कुराको अभिलेख रहन्छ ।

*******

कुनै पनि विदेशीले हाम्रो कुनैपनि पदाधिकारीहरुलाई वा अन्य जिम्मेवार व्यक्तिहरुलाई भेट्दाखेरि पराराष्ट्रमार्फत समय दिने । पराराष्ट्रमार्फत् कार्यक्रम मिलाउने । अनि भेट्दाखेरि पनि परराष्ट्रको मान्छे राख्ने । यी तीनवटा कुरा अप्लाई गर्नुस् त । ह्यु एण्ड क्राइ गर्नै पर्दैन ।

*******

विगतका अनुभवमा भारतले कुनै न कुनै रुपमा नेपालको किङमेकरका रुपमा भूमिका खेलेकै हो । तर समय धेरै परिवर्तन धेरै भैसक्यो । हिजोको भारत आजको भारत होइन । हिजोको नेपाल पनि आजको नेपाल होइन । तर हाम्रो राजनीतिक नेतृत्वको माइन्डसेटमा त्यो कुरा जमेर बसेको छ । इण्डियालाई खुशी पार्न पाए केही पाउथे कि भन्ने छ । २०६४ -२०६५ सालतिरको कुरा हो । तेस बखतका भारतका राजदूतको एउटा भनाइ स्मरण गर्न चाहान्छु जुन कुरा मैले आफ्नो किताबमा पनि लेखेको छु ।– ‘नेपाली नेताको चित्रण गर्दै दिक्क मान्दै के गर्नु पोखरेल साप, जो पनि आउँछ मन्त्री बनाइदेउ भन्छ । प्रधानमन्त्री मलाई बनाइदेउ भन्छ । मैले बनाउने हो र नेपालको प्रधानमन्त्री र मन्त्री ? के भएको तपाईको मुलुकका नेताहरुलाई ?’ ।  यो कमजोरी हामीमा छ । कमजोरी हामीमा छ, दोष हामी अरुलाई दिन्छौ ।

नेपाल द्वन्द्वको लामो चरणबाट गुज्रेर आएर सेटलमेन्टको फेजमा गइरहेको छ । यसैक्रममा द्वन्द्वलाई जगाउने विभिन्न देशीविदेशी चलखेल भइरहेको देखिन्छ । यहीबीचमा विप्लवहरु देखापर्छन् र उनलाई आतंकवादी घोषणा गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय पृष्ठभूमिदेखापर्छन् । यहि बेला वालसैन्यको कुरा पनि उठ्छन् । नेपालमा द्वन्द्वको खेती जगाइराख्ने चलखेल भइरहेको छ या छैन तपाईंले कस्तो अनुभव गरिरहनुभएको छ?

यो सवै कुरामा अरुलाई दोष दिन जरुरी छैन, हामी आफैं जिम्मेवार छौं ।  हामी आफू ठिक हुने हो । हामीले आफ्नो घर अर्डरमा राख्ने हो भने कसैले पनि केही गर्दैन ।

बालसैन्य कै कुरा गरौं । त्यो मानवअधिकारको स्ट्रङ कम्पोनेन्ट भयो । त्यो त ग्लोबल्ली हामीले पनि स्वीकार गर्‍या हो । अव त्यो खवरदारी गर्नलाई नेपाल होस् कि अर्को जहाँ होस् खवरदारी गरिराख्ने संस्था र देशहरु छन् । किनभने उनीहरुको घोषित नीति नै त्यो छ यस्तो विषयमा आवाज उठाउने भनेर ।

*******

द्वन्द्वको वीउ हामीले राखे पछि द्वन्द त हुनेनै भयो । हामीले तेस्ता अबशेष अन्त गर्दिउँ त अनि कस्ले के वहानामा द्वन्द्व गर्ने रहेछ, हेरौंला ।

*******

द्वन्द्वको वीउ हामीले राखे पछि द्वन्द्व त हुनेनै भयो । हामीले तेस्ता अवशेष अन्त गर्दिउँ त अनि कस्ले के वहानामा द्वन्द्व गर्ने रहेछ, हेरौंला ।

मेजर फ्याक्टर त्यो भएपनि बाहिरी कुरा?

फेरि पनि भन्छु, सवभन्दा समस्या कहाँ छ भने, हामीले आफ्नो घर आफ्नै अर्डरमा राख्न सक्दैनौ । असहमति निस्कन्छ । असहमतिलाई हामीले म्यानेज गर्दैनौ हामीले नै प्ले-ग्राउण्ड दिन्छौं । त्यो भएपछि अरुले प्ले गर्ने मौका पाउछन् । यै हो चल्ने ग्लोवल पोलिटिक्स ।

यसैमाजोडिँदा नेपालमा मेलमिलाप र द्वन्द्वको अवशेष सक्ने कुरामा आयोगमा पदाधिकारीहरु सिफारिस गर्न नसकेको अवस्था पनि छ नि?

त्यो हाम्रै कमजोरी हो ।

कमजोरी हाम्रै भयो । यो कमजोरीका आधारमा टेकेर विदेशी राजदुतहरु,भर्खरै अष्ट्रेलियन राजदुतले बोल्नुभयो कि तिमीहरुको नेता हाम्रोमा आयौ भने पक्राउ पर्छौ है भनेर । यसले के संकेत गर्छ?

  यो त कन्ट्रीलाई वार्न गरेको हो ।  हामीले अन्तरिम संविधानमै ६ महिनाभित्र टीआरसी बनाउछौ भनेर लेख्यौ । मलाई एउटा सम्झना छ चुनावको मिति घोषणा भइसकेपछि निर्वाचन आचारसंहिताले सवै खाले नियुक्ति आदि रोकेपछि तत्कालीन प्रधानमंत्री गिरिजाबाबुको अनुरोधमा शान्तिप्रक्रिया कै अङ्ग भएकाले टिआरसी गठन गर्न आयोगले २०६३ सालमै सहमति दिएको थियो, तत्काल गठन हुने भनेर । तर, गठनमै झण्डै दशक लाग्यो त्यो पनि अधूरो रुपमा । शान्ति संझौतामा हामी प्रतिबध्द छौं । द्वन्द पीडितलाई न्याय दिने कुरामा हामी राष्ट्रिय वा अन्तराष्ट्रिय रुपमा प्रतिवद्ध छौ । तेस्ता धेरै अन्तराष्ट्रिय प्रोटोकलमा हामी अनुबन्धित छौं । यी सवै कुरा हुँदाहुँदै पनि हामीले त्यसदिशातर्फ गंभीरतापूर्वक लिएनौं । न्याय नपाएको मान्छे त जहाँबाट न्यायको आशा गरेको हुन्छ त्यहाँ जाने भो । राष्ट्रले न्याय दिदैन भने मर्का परेको मान्छे जहाँ ठाउँ छ  जान्छ । त्यसैले म के भन्छु भने बेलैमा हामीले राष्ट्रिय सहमति बनाएर यो मुद्दालाई प्राथमिकताका साथ हल गर्नुपर्छ नत्र त्यो तरवार सधैं झुण्डिरहन्छ । हामीले बेलैमा कानून र आयोग बनाएर यी कुराहरुलाई आफैंले व्यवस्थापन गरेको भए न कोही बाहिर जान्थ्यो न कोही कहाँ जान्थ्यो ? हामी केही नगर्ने अनि अर्कोलाई दोष यसरी दिन्छौ । तिनीहरुलाई पनि प्रेशर छ । तिनीहरु बोलेनन् भने अर्को पक्षले के भन्छ भने जसले न्याय पएको छैन ए तिमीहरुले के हेरिरहेका छौ ? तिम्रो राष्ट्रको पोलिसी यो हो । यस्तोमा बोल्नुपर्ने हो नबोल्ने भनेर उनीहरुमाथिनै प्रस्न तेर्सिन्छन् ।

*******

न्याय नपाएको मान्छे त जहाँबाट न्यायको आशा गरेको हुन्छ त्यहाँ जाने भो । राष्ट्रले न्याय दिदैन भने मर्का परेको मान्छे जहाँ ठाउँ छ  जान्छ । त्यसैले म के भन्छु भने बेलैमा हामीले राष्ट्रिय सहमति बनाएर यो मुद्दालाई प्राथमिकताका साथ हल गर्नुपर्छ नत्र त्यो तरवार सधैं झुण्डिरहन्छ ।

*******

अन्त्यमा सोध्न छुटाएको भन्नै पर्ने केही छुटेको छ कि?

थुप्रै कुरा गरियो, खासै थप्नु पर्ने त छैन । एउटा आग्रह गर्न चाहन्छु । मैले संसारका धेरै मुलुक देख्न पाएँ तर आकारको तुलनामा हामी जति सवै कुराको सम्भावना र सम्पन्न मुलुक अरु देखिन । संसारका सवै किसिमका क्लाइमेट हामीसंग छ, सवै किसिमका अन्नबाली, फल, फूल वा पशुजन्य उत्पादन गर्न सक्छौं । यिनका बजार संसारभरि छन् । भूगोल, संस्कृति, जनसंख्या, भाषा, प्रकृतिका विविधता हाम्रा ठूला आभूषण मात्र होइन, सम्पत्ति हुन्, जसलाई नजिकैवाट जीवनमा एक-पटक हेर्न चाहने सपना बोकेको संसारको ठूलो जनसंख्या छ । पेट्रोडलर भनेझै हामीसंग क्लिन इनर्जीको अपार संभावना छ। विश्वको सवै भन्दा दुई ठूला बजारका बीचमा छौं । मेहनती जनता छन्, सानो सकारात्मक पाटोमात्रको संभावना देख्यो भने आह्वान गर्नासाथ साथ दिने संस्कारयुक्त नागरिक छ । यतिखेर युवा जनसंख्याको बाहुल्यताले “पपुलेसनको डिभिडेण्ड” को अर्को ठूलो मौका छ । यति धेरै अवसर छ यो मुलुकमा ।

*******

संसारमा यति राम्रो र सम्पन्न मुलुक विरलै पाइन्छ । यो अवसरलाई समृद्धिको पाटोमा लान अरु असमतिलाई थाँती राखेर राष्ट्रिय शक्तिहरु एक ठाउँमा आउनुहोस् । म र मेरो भन्ने कुराबाट माथि उठेर मुलुकलाई हेरी दिनुस् । संभावनालाई यथार्थमा पुर्‍याइदिनुस् र समृध्द नेपालको निर्माणबाट कसैले थप द्वन्दमा जानु नपर्ने वातावरण बनाइदिनुहोस् मेरो यही आग्रह र शुभ-कामना छ।  

*******

संसारमा यति राम्रो र सम्पन्न मुलुक विरलै पाइन्छ । यो अवसरलाई समृद्धिको पाटोमा लान अरु असमतिलाई थाँती राखेर राष्ट्रिय शक्तिहरु एक ठाउँमा आउनुहोस् । म र मेरो भन्ने कुराबाट माथि उठेर मुलुकलाई हेरी दिनुस् । संभावनालाई यथार्थमा पुर्‍याइदिनुस् र समृध्द नेपालको निर्माणबाट कसैले थप द्वन्दमा जानु नपर्ने वातावरण बनाइदिनुहोस् मेरो यही आग्रह र शुभ-कामना छ।  राजनीति धेरै गर्यौं, तेरो मेरो धेरै भन्यौं अब सवै नागरिकलाई आफ्नो देख्न सक्नुहोस् । निरासाको भुमरीलाई सकारात्मक पाटोमा लान सक्नुहोस्, तपाईले चाहदा केही असंभव छैन, केवल इच्छा-शक्ति र दृढता भए पर्याप्त पुग्छ ।

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...