झुण्डिएको अवस्थामा पत्रकार मृत फेला
मङ्गलबार, २१ साउन २०७६, १० : १६
पत्रकार सालिकराम पुडासैनी चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सोमबार दिउँसो काठमाडौंबाट चितवन आएका पुडासैनी सो होटलको २०२ नं कोठामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका एसपी दान बहादुर मल्लले जानकारी दिए ।
साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा कार्यरत थिए ।
यसअघि पुडासैनी न्यूज–२४ टेलीभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण