शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झुण्डिएको अवस्थामा पत्रकार मृत फेला

मङ्गलबार, २१ साउन २०७६, १० : १६
मङ्गलबार, २१ साउन २०७६

पत्रकार सालिकराम पुडासैनी चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

सोमबार दिउँसो काठमाडौंबाट चितवन आएका पुडासैनी सो होटलको २०२ नं कोठामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका एसपी दान बहादुर मल्लले जानकारी दिए । 

साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राति १० बजे प्रहरीलाई खबर गरिएको  थियो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा कार्यरत थिए ।

यसअघि पुडासैनी न्यूज–२४ टेलीभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप