मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दाइजोका लागी बुहारीको हत्या गरी फरार बाबुछोरा पक्राउ

सोमबार, २० साउन २०७६, १९ : १०
सोमबार, २० साउन २०७६

रौतहट– दाईजो नदिएको भन्दै यातना दिएर बुहारीलाई हत्या गरी फरार रहेका बाबुु छोरालाई रौतहट प्रहरीले पक्राउ गरेको  छ  । पक्राउ पर्नेमा तत्कालीन पचरुखी गाविस ६ हाल दुुर्गा भगवती गापा ४ का बाबुु खोभाडी मिश्र र छोरा श्यामप्रकाश मिश्र रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।

आफनै श्रीमती डोली मिश्रको हत्यागरी फरार भएको आरोपमा जिल्ला अदालत गौर नजिकैबाट हिजो मिश्र बाबुुछोरा पक्राउ भएको प्रवक्ता कार्कीले जानकारी दिएका छन् । २०७२ फागुन १७ गते डोली मिश्रलाई उसको श्रीमान श्याम प्रकाश मिश्र, ससुरा खोभाडी मिश्र, देवर, सासुु र नन्द मिलेर दाईजो नदिएका कारण विभिन्न यातना पछी घाँटी थिचेर हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।

मृतक डोली मिश्रका बाबुु भारत बिहार शिवहर जिल्ला पिप्राढी पुनरवासका देवेन्द्र मिश्रको जाहेरीको आधारमा प्रहरीले कर्तब्यज्यान सम्वन्धि मुद्धा दर्ता गरेको थियो । हत्या मुद्धाका फरार सासुु, देवर र नन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप