दाइजोका लागी बुहारीको हत्या गरी फरार बाबुछोरा पक्राउ
रौतहट– दाईजो नदिएको भन्दै यातना दिएर बुहारीलाई हत्या गरी फरार रहेका बाबुु छोरालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन पचरुखी गाविस ६ हाल दुुर्गा भगवती गापा ४ का बाबुु खोभाडी मिश्र र छोरा श्यामप्रकाश मिश्र रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।
आफनै श्रीमती डोली मिश्रको हत्यागरी फरार भएको आरोपमा जिल्ला अदालत गौर नजिकैबाट हिजो मिश्र बाबुुछोरा पक्राउ भएको प्रवक्ता कार्कीले जानकारी दिएका छन् । २०७२ फागुन १७ गते डोली मिश्रलाई उसको श्रीमान श्याम प्रकाश मिश्र, ससुरा खोभाडी मिश्र, देवर, सासुु र नन्द मिलेर दाईजो नदिएका कारण विभिन्न यातना पछी घाँटी थिचेर हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।
मृतक डोली मिश्रका बाबुु भारत बिहार शिवहर जिल्ला पिप्राढी पुनरवासका देवेन्द्र मिश्रको जाहेरीको आधारमा प्रहरीले कर्तब्यज्यान सम्वन्धि मुद्धा दर्ता गरेको थियो । हत्या मुद्धाका फरार सासुु, देवर र नन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
-
अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
-
दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण