बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मधेसी आयोगको खर्च: गोष्ठी र अनुशिक्षणमा ३ करोड

सोमबार, २० साउन २०७६, १७ : ४५
सोमबार, २० साउन २०७६

काठमाडौँ– मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड बढी खर्च गरेको छ । आयोगले सोमबार ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि आर्थिक बर्ष २०७५/७६ मा गरिएको कार्यक्रमबारे जानकारी दिदै अनुशिक्षण र गोष्ठीका लागि ३ करोड ५६ लाख ८१ हजार १ सय ६८ रुपैया खर्च भएको जनाएको हो ।  

यो रकम आयोगले प्रदेश २ का ८ वटा जिल्ला, प्रदेश १, प्रदेश ५ र ७ मा गोष्ठी तथा अनुशिक्षण कार्यक्रमका लागि खर्च गरेको हो । त्यसैगरी जनचेतना मुलुक रेडियो जिंगल निर्माणमा र प्रशारणमा साढे ४ लाख बढी खर्च गरेको आयोगका प्रवक्ता हरि बखतीले जानकारी दिए । 


५ करोड ९० लाख रुपैयाँ विनियोजन भएको आयोगमा १ करोड ५२ लाख १८ हजार ८ सय ३१ रुपैयाँ खर्च गर्न नसकेर फ्रिज भएको छ । २०७५ कात्तिक २५ गते कार्यालय स्थापना भएको आयोगको अध्यक्षको रुपमा डाक्टर विजयकुमार दत्तले २०७५ चैत ७ गते पदभार सम्हालेका थिए । आयोगका ४ सदस्यको पद रिक्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप