मोदीसँग भेट्ने अवसर
काठमाडौँ , इसरो ट्विटर । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था, इसरोले आफ्नो ट्विटरबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने अवसर उपलब्ध रहेको ट्विट गरेको छ ।
४ अगस्टमा इसरोले ट्विटमार्फत् यसबारे सूचना जारी गर्दै लेखेको छ, ‘७ सेप्टेम्बरमा हुन गइरहेको भारतीय चन्द्रयान–२ को चन्द्रमामा हुने अवतरणको भारतीय प्रधानमन्त्रीसँगै बसेर प्रत्यक्ष प्रशारण हेर्ने अवसर उपलब्ध छ ।’
यसका लागि तपाईंले कुनै शुल्क तिर्नुपर्दैन । यो एउटा प्रतियोगिता हो । यसमा जो कोहिले पनि निशुल्क सहभागी बन्न सक्ने प्रावधान रहेको छ ।
प्रतियोगितामा सहभागी हुन तपाईंले quiz.mygov.in मा गएर यस प्रतियोगिताको लिंक ‘स्पेस क्विज चन्द्रयान–२ मा सोधिएका प्रश्नको जवाफ दिनुपर्नेछ ।
यस प्रतियोगितामा तपाईंलाई २० वटा प्रश्न सोधिन्छन् । र यी प्रश्नको जवाफ तपाईंले ५ मिनेटभित्रै दिनुपर्नेहुन्छ । सही जवाफ दिएर सर्वाधिक अंक हासिल गर्नेलाई प्रधानमन्त्री मोदीसँग बसेर चन्द्रयान अवतरणको प्रत्यक्ष प्रशारण हेर्ने पुरस्कार पाइनेछ । प्रत्येक प्रश्नकालागि १ अंकको प्रावधान राखिएको छ । २० प्रश्नको पूर्णाङ्क २० नै रहेको छ ।
यस प्रतियोगिताको सुरुवात १० अगस्टको राति १२ बजेर १ मिनेटमा हुनेछ र प्रतियोगिता १० दिनसम्म अर्थात् २० अगस्टको राति ११ बजेर ५९ मिनेटसम्म जारी रहनेछ । थप जानकारी र प्रतियोगिताका अन्य नियम र शर्तबारे त्रगष्श।mथन्यख।क्ष्ल् मा गएर पाउन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी