सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ६ जना पक्राउ

काठमाडौँ । प्रहरीले जग्गा कीर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकारी (उपसचिव) दीर्घ बहादुर पोखरेलसहित ६ जनालाई पक्राउ गरेको छ ।
बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने तत्कालीन प्रमुख मालपोत अधिकारी पोखरेलसहित २८ जना विरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले बाँके जिल्लाका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड १६ लाख र बर्दीयाका जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड ३० लाख भ्रष्टाचार भएको दावी गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरेलसहित शाखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, नायब सुब्बा रविन्द्र बहादुर थापा, मालपोत अधिकृत हेमराज शर्मा र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय रहेका छन् । एक जनाको कार्यालय सहयोगीको पहिचान भएको छैन ।
विशेष स्रोतका अनुसार ६ जना नै काठमाडौँबाट पक्राउ परेका हुन् ।
मुद्दा लाग्नेहरूमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घ बहादुर पोखरेल, मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोक कुमार भट्टराई नायव सुब्बाहरु रुद्र बहादुर देवकोटा, टंक प्रसाद शर्मा, राम बहादुर खड्का र मान बहादुर केसी कम्प्यूटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्यूटर अपरेटर (करार) प्रेम बहादुर चन्द ठकुरी, खरिदारहरु सुशील रिजाल, संजय कुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरी छन् ।
त्यस्तै मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्ण प्रसाद ज्ञवाली, मालपोत अधिकृत राम कुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, रविन्द्र बहादुर थापा, खरिदारहरु भूमिराज पोखरेल, किशोर कुमार रिजाल, तुलसी रानी थारु, कम्प्यूटर अपरेटर (करार) लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्य प्रसाद उपाध्याय तथा कौशल भन्ने खैरूल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बिरू भन्ने बृहस्पति खड्का र पप्पु धोवी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे