शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नागका मन्दिर र घरघरमा नागको पूजा, तस्विरमा हेर्नुहोस्

सोमबार, २० साउन २०७६, १२ : १७
सोमबार, २० साउन २०७६

श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ ।

आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेको छ ।

प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ । आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मान्ने प्रचलन छ । 

नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप