११ वर्षीया बालिका बलात्कार अभियोगमा एकजना पक्राउ
सोमबार, २० साउन २०७६, ११ : ४४
बुटवल । केहि दिनअघि नवलपरासीमा ११ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेर फरार रहेका तीन जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मीका सत्यवती गाउँपालिका जोहाङ्ग खैरेनीका ५५ वर्षीय शिव श्रेष्ठ रहेका छन् । उनलाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठ पश्चिम नवलपरासीको सुनुवल–४ मा बस्दै आएका थिए । यसअघि सुनुवलबाटै ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेरजवरजस्ती करणीमा मुद्धा दर्ता गरिसकेको छ ।
६० वर्षीय श्रेष्ठसहित ३ जना पुरुषहरुले ११ वर्षीया बालिकालाई गत डेढ महिनादेखि पटक–पटक र फरक–फरक स्थानमा लगेर यौन शोषण गरेको पुष्टि भएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी लालमणि आर्चायले बताए । आरोपित मध्येका एक जनाले अप्राकृति यौन आनन्द लिने गरेको दावी गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु