जब आकाशमै यात्रु बेहोस भए...
सोमबार, २० साउन २०७६, ०६ : २३
![जब आकाशमै यात्रु बेहोस भए...](https://rpcdn.ratopati.com/media/albums/budda-air-e1540712021339_7KmL4Anpvq.jpg)
बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौँतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो ।
जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए । जहाजको मध्यभागमा एक यात्रु एक्कासी बेहोस भएपछि खैलाबैला भयो ।
१३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए, सुर्खेतका ६० वर्षीय तप्तबहादुर विष्ट जो पूर्वराज्यमन्त्री हुन् । छेउछाउका मान्छे चिच्याएपछि एयरहोस्टेस कृति त्यहाँ पुगिन् । मुखबाट बान्ता निस्किएको अवस्थामा विष्ट सिटमै बेहोस थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।