सञ्चारमन्त्री बास्कोटाः ‘१० बर्षे युद्धमा बन्दुकले हार्यो, विप्लव समूह त्यहाँसम्म पनि पुग्दैन’
काठमाडौं– सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव समूहको गतिविधिले हतियार व्यवसायी मात्र खुसी हुने बताएका छन् । सरकारले वार्ता गरौं भनिरहेका बेला उनीहरुले गरिरहेको गतिविधिले पार नलाग्ने किसिमको भएको उनले बताए ।
आइतबार सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार सधै वार्ताप्रति इमान्दार रहेको भन्दै विप्लव समूहका पछिल्लो गतिविधिले धमिलो पानीमा माछा मार्नेहरुलाई प्रोत्साहित पार्ने काम गरेको बताए । उनले दाउपेचका लागि सरकारले वार्ता गर्ने नभई लोकतान्त्रिक बाटोमा आउने भए सरकार वार्ता गर्न सँधै तयार रहेको उल्लेख गरे । उनले विप्लव समूह आफै संकटमा परेको बताउदै पार्टीको कार्यसमिति समेत भंग गरेको बताए ।
उनले भने “यसबाट कुनै ढुंगा हानेर मैले त्यही ताकेको थिएँ त्यही पुग्यो भन्ने वाला छैन । उहाँहरुले कार्यसमिति नै भंग गर्नुभएको छ । त्यही संकट पैदा भएको छ । क्रान्तिको रुमानी सपनामा मान्छे अलमलिन सक्छ तर जब व्यँझिन्छ अनि आदीबाटो हिडेपछि फर्किन्छ मान्छे ।”
उनले माओवादीले गरेको १० बर्षीय जनयुद्धमा बन्दुकले हारेको बताए । माओवादीको त्यो गति भएको बताउदै उनले विप्लव समूह त्यहाँसम्म पनि पुग्न नपाउने बताए । उनले भने–“पहिला नदेखेको थियो र ? प्रति पक्राउ । कुन्नी के को मोल सबै देखियो ? तर लास्टमा बन्दुक सम्पूर्ण रुपमा हारेको हो कि होइन । जितेको के हो ? नेपाली जनता । जितेको के हो ? शान्ति । जितेको के हो ? लोकतन्त्र । त्यसैले नबुझेर होइन होला जस्तो लाग्छ । भड्क्या आत्मा भन्छन् नि असन्तुष्ठीले त्यस्तो भएको हुनुपर्छ । दाउपेचको ढंगले आउनुहुन्छ केही पनि पार लाग्दैन । सरकार दृढ छ । हिंसालाई पराजित गर्न कुनै पनि मुल्यमा । हिंसा नेपालले अस्वीकृत गरेको र पराजित गरेको विषय हो ।”
उनले विप्लव समूह माओवादी युद्धबाट असन्तुष्टिले भड्किएको आत्मा रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी