बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन एआईजीको सरुवा, सीमा सुरक्षा विभागमा थापा

आइतबार, १९ साउन २०७६, १८ : १४
आइतबार, १९ साउन २०७६

काठमाडौं । सरकारले सशस्त्र प्रहरी (एपिएफ) का ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । 

प्रहरी कार्य तथा सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

त्यस्तै, मानवस्रोत साधान विभागमा कार्यरत नारायणबाबु थापाको सीमा सुरक्षा विभागमा र मानव स्रोत साधन विभागमा  रामशरण पौडेलको सरुवा भएको छ ।

पौडेल यसअघि प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए । सरकारले केही समयअघि सशस्त्र प्रहरीका एसपी र एसएसपीहरुको सरुवा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप