बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी रोए समिति बैठकमा माधव नेपाल र मन्त्री योगेश भट्टराई(भिडियोसहित)

आइतबार, १९ साउन २०७६, १७ : १८
आइतबार, १९ साउन २०७६

काठमाडौँ– नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नवनियुक्त पर्यटनमन्त्री योगेश भटराई संसदीय समितिमा भक्कानिदै रोएका छन् । नेता नेपाल र मन्त्री भट्टराई भक्कानिएपछि समितिको बैठकमा एकछिन सन्नाटा छायो ।  

सिंहदरवारस्थित संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त योगेश भट्राईलाई स्वागत कार्यक्रम राखेको थियो । कार्यक्रममा सहभागि हुन नेता नेपालसहित समितिका प्राय सबै सदस्यहरु उपस्थित भएका थिए । बैठकमा नेता नेपालले नवनियुक्त मन्त्री भट्राईलाई मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निभाउन सुझाव दिएका थिए ।

नेपाल बोलेलगत्तै समितिमा बोल्ने पालो थियो मन्त्री योगेश भट्टराईको । बोल्ने क्रममा मन्त्री भट्टराईले माधवकुमार नेपाल आफ्नो नेतामात्रै नभएर गुरु नै भएको बताए । त्यसपछि उनले २०४३ सालको घट्ना स्मरण गर्दै आफु मृत्युको मुखमा पुगेको बेला नेता नेपालको एक स्पर्शले आफुलाई बाच्ने शक्ति प्रदान गरेको स्मरण गरे । त्यसपछि बैठकको माहोल फेरियो । बैठकमा एकाएक सन्नाटा छायो । 

यस्तो रहेछ २०४३ सालको घटना 
योगेशका अनुसार २०४३ सालको निर्वाचनलाई पार्टीले जनपक्षीय उम्मेदवारमार्फत उपयोग गर्ने नीति लिएको रहेछ । त्यही अभिानअन्र्तगत योगेश काठमाडांैमा खटिएका रहेछन् । ‘खाने बस्ने ठेगान थिएन । एक्कासी विरामी भएछु  । बिरामी भएपछि टिचिङ अस्पतालमा भर्ना भएँ । ६० दिन अस्पताल बसे । डाक्टरले म बाँच्ने आस मारिसकेका थिए ।

त्यही बेला उहाँ (माधव नेपाल) मलाई भेट्न अस्पताल आउनुभयो र उहाँको एक स्पर्शले नै मलाई बाच्ने शक्ति प्राप्त भयो’ भावुक हुँदै योगेशले सुनाए । योगेशले भावुक हुँदै विगत सुनाएपछि माधव नेपालका आँखा रसाए । सबैले नेता नेपालको अनुहार हेरे । नेता नेपालका आँखा रसाएपछि मन्त्री भट्टराइको पनि गला अबरुद्ध हुन पुग्यो । 

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप