शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अधिकांश बैङ्कको आधारदर एकल अङ्कमा, ऋणको ब्याज घट्ने सङ्केत

नेपाल बैङ्कबाहेक सबै बैङ्क नाफामा मजबुत देखिए, कुन बैङ्कको अवस्था कस्तो ?
आइतबार, १९ साउन २०७६, १४ : २६
आइतबार, १९ साउन २०७६

वाणिज्य बैङ्कहरुले धमाधम नाफा गरेको वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । आर्थिक वर्ष सकिएको १९औँ दिनसम्म २८ वटा वाणिज्य बैङ्कमा ९ वटा वाणिज्य बैङ्कहरुले वित्तीय विवरण प्रकाशित गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५÷०७६ को वित्तीय विवरण प्रकाशित गरेका हुन् । 

वित्तीय विवरण प्रकाशित गरेको ९ वटामा नेपाल बैङ्कबाहेक सबैको नाफा बढेको छ । सरकारी लगानीसमेत रहेको नेपाल बैङ्कका अधिकांश सूचकमा प्रगति हुन सकेको छैन । नेपाल बैङ्कको नाफा घट्नुका साथै प्रतिसेयर आम्दानी पनि घटेको छ । यस आधारमा नेपाल बैङ्कको प्रतिवेदन लगानीकर्तालाई खुसी बनाउन सक्ने देखिँदैन ।

यद्यपि, एभरेस्ट बैङ्क, नेपाल एसबीआई बैङ्क, सिटिजन, माछापुच्छ्रे, सानिमा, ग्लोबल आईएमई, प्रभु बैङ्कले भने नाफा कमाएको प्रतिवेदन पेश गरेका छन् । अधिकांश बैङ्कको आधारदर एकल अङ्कमा छ । यसले गर्दा ऋणको ब्याजदर केही हुने सङ्केत देखिएको छ । वित्तीय विवरण प्रकाशित गरेका बैङ्क कसको अवस्था कस्तो छ भनेर देखाउँन खोजेका छौँ ।

नाफामा प्रभुको छलाङ, नेपाल बैङ्कको नाफा घट्यो

नेपाल बैङ्कले आर्थिक वर्ष २०७५÷०७६ मा २ अर्ब ६१ करोड १९ लाख ८० हजार रुपैयाँ नाफा कमाएकोे छ । अघिल्लो वर्षको यसै अवधिमा बैङ्कले ३ अर्ब २१ करोड ५६ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैङ्कको नाफा १८.७७ प्रतिशतले घटेको हो ।

एभरेस्ट बैङ्कले १७.९९ प्रतिशतले नाफा बढाएको छ । बैङ्कले गत आर्थिक वर्ष  ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष २ अर्ब ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

नेपाल एसबीआई  बैङ्कले १३.८४ प्रतिशत खुद नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ । बैङ्कले गत आर्थिक वर्ष २ अर्ब ३० करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष बैङ्कको नाफा २ अर्ब २ करोड ३५ लाख रुपैयाँ थियो  ।

सिटिजन्स बैङ्कको नाफा २०.६० प्रतिशतले बढेको छ । बैङ्कले १ अर्ब ४८ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो ।

माछापुच्छ्रेले ३६.३२ प्रतिशतले नाफा बढाएको छ । बैङ्कको नाफा १ अर्ब ७० करोड ३५ लाख पुगेको छ । अघिले वर्षको यसै अवधिमा १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ थियो ।

सानिमा बैङ्कको नाफा ३२.१५ प्रतिशतले बढेको छ । बैङ्कको नाफा २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ नाफा थियो ।

ग्लोबल आईएमई बैङ्कको नाफा ३३.०२ प्रतिशतले बढेको छ । बैकको नाफा २ अर्ब ७९ लाख ५२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २ अर्ब १० करोड १३ लाख रुपैयाँ खुद नाफा थियो ।

प्रभु बैङ्कले नाफामा छलाङ मारेको छ ।  बैङ्कको नाफा ११२.०४ प्रतिशतले बढेको छ । बैङ्कको नाफा २ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष ९६ करोड नाफा गरेको थियो ।

सिद्धार्थ बैङ्कको नाफामा २१.२५ प्रतिशतले बढेत्तरी भएको छ ।  चौथो त्रैमासमा बैङ्कले २ अर्ब ३० करोड ८८ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

एभरेस्ट बैङ्कको सेयर आम्दानी  सबैभन्दा बढी

प्रतिसेयर आम्दानी भनेको एक सेयर बराबर लगानी कर्ताले कति आम्दानी गरे भन्ने हो । वित्तिय विवरण प्रकाशित गरेका ९ वटा वाणिज्य बैङ्कमा एभरेस्ट बैङ्कको सबैभन्दा बढी प्रतिसेयर आम्दानी देखिएको छ ।

नेपाल बैङ्कको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । अहिले बैङ्कको प्रतिसेयर आम्दानी २७.१५ रुपैयाँ छ । गत वर्षको यसै अवधिमा ३९ रुपैयाँँ ९८ पैसा बैङ्कको प्रतिसेयर आम्दानी थियो ।

एभरेस्ट बैङ्कले प्रतिसेयर आम्दानी भने बढाएको छ । बैङ्कले ५.१२ रुपैयाँले प्रतिसेयर आम्दानी बढाएर ३७ रुपैयाँ ५७ पैसा पुर्याएको छ ।

नेपाल एसबीआई बैङ्कको प्रतिसेयर आम्दानी थोरै बढेको छ । अहिले बैङ्कको प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ ५६ पैसा पुगेको छ । गत वर्ष २६ रुपैयाँ १६ पैसा थियो ।

सिटिजन बैङ्कको प्रतिसेयर आम्दानी १७.७९ रुपैयाँ छ ।  अघिल्लो वर्ष १५ रुपैयाँ ३७ पैसा थियो ।

माछापुच्छ्रे बैङ्कको प्रतिसेयर आम्दानी ५.३४ रुपैयाँले बढेको छ । बैङ्कको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १५ पैसा पुगेको छ । अघिल्लो वर्ष १५ रुपैयाँ ८१ पैसा थियो ।

सानिमा बैङ्कको प्रतिसेयर आम्दानी ६.८२ रुपैयाँले बढेर २८.०४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २१.२ रुपैयाँ थियो ।

ग्लोबल आईएमई बैङ्कको प्रतिसेयर आम्दानी ३.४७ रुपैयाँले बढेर २७.११ रुपैयाँ पुगेको छ ।

प्रभु बैङ्कको प्रतिसेयर आम्दानी ११.६ रुपैयाँले बढेर २४ रुपैयाँ १८ पैसा पुगेको छ ।

सिद्धार्थ बैङ्कको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५९ पैसा छ ।

सबै बैङ्कको आधारदर घट्यो, ऋणको ब्याज कम हुने सङ्केत

सबैभन्दा कम आधारदर नेपाल बैङ्क रहेको छ । यस बैङ्कको आधारदर ७.९८ प्रतिशत छ । कम आधारदर हुनु भनेको सस्तो ब्याजमा ऋण उपलब्ध हुनु हो । एभरेस्ट बैङ्कको बेस रेट ८.१२ प्रतिशत छ । यसको पनि एकल अङ्कमा आधारदर देखिएको छ ।

यता नेपाल बैङ्कको आधारदर घटेर ९.७२ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष १०.१२ प्रतिशत थियो । सिटिजन बैङ्कको आधारदर १०.५२ प्रतिशत छ ।  माछापुछ्रे बैङ्कको आधारदर १०.३७ प्रतिशत छ । सानिमा बैकको आधारदर ९.४५ प्रतिशत छ । ग्लोबल आईएमई बैङ्कको आधारदर ९.४५ प्रतिशत छ । प्रभु बैङ्कको आधारदर ९.३६ प्रतिशत छ ।  सिद्धार्थ बैङ्कको बेस रेट १०.७५ रुपैयाँ छ ।

सिद्धार्थ बैङ्कले ब्याजबाट  सबैभन्दा बढी  आम्दानी गर्यो

नेपाल बैङ्कले खुद व्याज आम्दानीबाट ६ अर्ब १७ करोड ९१ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा ३.२६ प्रतिशतले कम हो । गत वर्ष ६ अर्ब ३८ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

एभरेष्टले ५ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १५.७४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैङ्कले ४ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

नेपाल एसबीआई बैङ्कले खुद ब्याज आम्दानी १४.६ प्रतिशतले बढाएर ४ अर्ब ७४ करोड ६९ लाख पुर्याएको छ ।

सिटिजन  बैङ्कले २ अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

ग्लोबल आईएमईले ३३ प्रतिशतले खुद ब्याज आम्दानी पनि बढाएका छ । गत वर्षको चौथो त्रैमासमा बैङ्कको खुद ब्याज आम्दानी ५ अर्ब १६ करोड ८४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३ अर्ब ८७ करोड थियो

सानिमा बैङ्कले खुद ब्याज आम्दानी  ३५.९६ प्रतिशतले बढाएको छ । बैङ्कले ४ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष ३ अर्ब १ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

माछापुछ्रे बैङ्कले २९.२० प्रतिशतले खुद ब्याज आम्दानी वृद्धि गरेको छ । यस त्रैमासमा बैङ्कले ३ अर्ब ५३ करोड रुपैयाँ ब्याज आम्दानीबाट कमाएको छ । अघिल्लो वर्ष २ अर्ब ७३ करोड ब्याज आम्दानी गरेको थियो ।

सिद्धार्थ बैङ्कले ३६.०१ प्रतिशतले खुद ब्याज आम्दानी वृद्धि गरेको छ । बैङ्कले ४ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप