बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मदिरा सेवन गरी साथीको टाउकोमा खुकुरी प्रहार

आइतबार, १९ साउन २०७६, ०८ : ०४
आइतबार, १९ साउन २०७६

गुल्मीको मदाने गाउँपािलकामा आफ्नै साथीको टाउकोमा खुकुरी प्रहार गरेका छन् । गएराति १० बजे सँगै मदिरा सेवन गरिरहेका बसन्त चन्दले बाबुराम बोहरालाई खुकुरी प्रहार गरेका हुन् । 

मदाने गाउँपालिकाको वडा नम्बर १ का बसन्त चन्दले बाबुराम बोहरालाइ खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । टाउको पछाडी  गम्भीर  चोट लागेका बोहरालाइ जिल्ला अस्पतालबाट  पाल्पा रिफर गरिएको  छ ।  

खुकुरी प्रहार गर्ने चन्दलाई पुर्कोटदह ईलाका प्रहरी कार्यालय मार्फत पक्राउ गरि तम्घास ल्याउदै गरिएको गुल्मीका प्रहरी प्रबक्ता मिन बहादुर् घलेले बताए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप