भारत लगेर १५ दिनसम्म १२ वर्षीया बालिका बलात्कार गर्नेसँगै आमा भागेपछि...
आइतबार, १९ साउन २०७६, ०७ : ३२

महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पुर्याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको गत महिना पीडित बालिकाले नै खुलासा गरिन् ।
आमाकै संरक्षणमा बालिकालाई भारतको दिल्ली पुर्याएर १५ दिनसम्म निर्घात कुटपिट गरी बलात्कार गरिएको थियो ।
पटक–पटक बलात्कृत हुनबाट जोगिन र ज्यान जोगाउन बालिकाले इन्टरनेटको माध्यमले दिल्लीबाट नेपालमा रहेकी आफ्नी ठूली आमालाई घटनाबारे जानकारी गराइन् ।
रोजगारीको प्रलोभन देखाएर आमाकै संरक्षणमा भारतको दिल्ली पुर्याएर गाउँकै ४० वर्षीय सीताराम महतोले १५ दिनसम्म बलात्कार गरेको पीडित बालिकाले सुनाइन् ।
बालिकाले दुखेसो पोख्दै भनिन, ‘मलाई बलात्कार गर्ने मान्छेसँग भागेकी आमाले मसँग छोरी गएकै थिइन भन्छिन् । अब म कुन आधारमा न्याय पाउँछु ।’ यो समाचार आजको नागरिक दैनिकमा कमलेश ठाकुरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै समुदायको संवैधानिक आयोग छ, श्रम आयोग किन भएन ?
-
न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा कुलमान र हितेन्द्रको मात्रै पेसी
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबिच भेटवार्ता
-
‘माइतीघर–बानेश्वरमा दैनिक आन्दोलन गरेर सिंहदरबारको सातो उडाउँछौँ’ (भिडियोसहित)
-
बागमती प्रदेशसभाको बैठक बस्दै
-
सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन