भारत लगेर १५ दिनसम्म १२ वर्षीया बालिका बलात्कार गर्नेसँगै आमा भागेपछि...
आइतबार, १९ साउन २०७६, ०७ : ३२
महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पुर्याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको गत महिना पीडित बालिकाले नै खुलासा गरिन् ।
आमाकै संरक्षणमा बालिकालाई भारतको दिल्ली पुर्याएर १५ दिनसम्म निर्घात कुटपिट गरी बलात्कार गरिएको थियो ।
पटक–पटक बलात्कृत हुनबाट जोगिन र ज्यान जोगाउन बालिकाले इन्टरनेटको माध्यमले दिल्लीबाट नेपालमा रहेकी आफ्नी ठूली आमालाई घटनाबारे जानकारी गराइन् ।
रोजगारीको प्रलोभन देखाएर आमाकै संरक्षणमा भारतको दिल्ली पुर्याएर गाउँकै ४० वर्षीय सीताराम महतोले १५ दिनसम्म बलात्कार गरेको पीडित बालिकाले सुनाइन् ।
बालिकाले दुखेसो पोख्दै भनिन, ‘मलाई बलात्कार गर्ने मान्छेसँग भागेकी आमाले मसँग छोरी गएकै थिइन भन्छिन् । अब म कुन आधारमा न्याय पाउँछु ।’ यो समाचार आजको नागरिक दैनिकमा कमलेश ठाकुरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोले एक गोल फर्कायो
-
पाकिस्तान क्रिकेट टिममा कप्तानीको कस्तो ‘खेल’ चलिरहेको छ?
-
दुई मिनेटमा इंग्ल्याण्डको दुई गोल
-
प्रहरीको ड्युटीसँगै साङ्गीतिक यात्रा : प्रहरी हबल्दार शेरीराम औजीको ‘ए रुपा’ देउडा गीत भाइरल
-
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
-
धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण