गृहमन्त्रीलाई सुरक्षा अधिकारीको बिफ्रिङः विप्लवप्रति सरकार कठोर बन्ने संकेत
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी्विरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टी्भित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ।
यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन बल प्रयोग हुने संकेत दिएको हो। सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको पार्टीले बिहीबार देशका विभिन्न स्थानमा रहेका एनसेलका २५ वटा टावरमा विस्फोट र आक्रमण गरेको थियो।
गृहमन्त्रीलाई सुरक्षा निकायका प्रमुखहरुले नियमित बिफ्रिङका क्रममा विप्लव समूहका विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने धारणा राखेका छन्।
उनीहरुले विप्लव समूहलाई नियन्त्रण गर्न नेपाल प्रहरीको साथमा औपचारिक रुपमै सशस्त्र प्रहरी खटाउन गृहमन्त्री रामबहादुर थापालाई सुझाएका छन्। शुक्रबार भएको चार घन्टा लामो बिफ्रिङमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले गृहमन्त्री थापालाई देशभरको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै विप्लव समूहले देशभर आफ्ना गतिविधि बढाउन खोजेको, चन्दा आतंक झन् बढाएको, सरकारी कार्यालय र सम्पत्तिमा क्षति पु¥याउन थालेको बताएका थिए। विप्लव समूहका गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि खटाउनुपर्ने उनीहरूले बताए। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमा ९ खर्ब रुपैयाँसम्म लगानी गर्ने स्पेस बाँकी, नीतिगत लचकता अपनाइँदै
-
निजी क्षेत्रको मनोबल कमजोर हुँदा अर्थतन्त्र चलायमान हुन सकेन : विष्णुप्रसाद घिमिरे
-
संसद्को प्रभावकारितामाथि प्रश्न: सत्तापक्ष सन्तुष्ट, प्रतिपक्ष असन्तुष्ट
-
‘मास्टर्नी’ गीतमाथि तत्काल प्रतिबन्ध लगाउन अखिल (क्रान्तिकारी) को माग
-
अन्योलतामै बित्यो आर्थिक वर्ष २०८२/८३, पुँजीगत खर्च पाँच वर्ष यताकै न्युन
-
योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण