शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यान्सर पीडितलाई सरकारले दिने १ लाख कम भयो : उपराष्ट्रपति पुन

तस्विरमा हेर्नुहोस् क्यान्सर पीडित बालबालिकाको र्याम्प वाक
शनिबार, १८ साउन २०७६, १६ : २५
शनिबार, १८ साउन २०७६

माया श्रेष्ठ

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले क्यान्सर पीडितलाई दिँदै आएको एक लाख रुपैयाँ कम भएको बताएका छन् । दीर्घरोगी बालबालिकालाई सस्तो र सुलभरुपमा उपचार गर्ने व्यवस्था गर्न सरकारलाई उनले आग्रह गरेका छन् ।

‘कम आय भएका अभिभावकले क्यान्सर पीडित छोराछोरीलाई उपचार गराउदा आर्थिक समस्या भोग्दै आएका छन्,’ उनले भने, ‘सरकारले क्यान्सर पीडित बच्चालाई विषेश सुविधा दिनुपर्छ ।’

बालबालिकाले स्वास्थ्य उपचार गराउन पाउने मौलिक हक भएकाले सरकारकाले क्यान्सर रोगी बच्चालाई गम्भीर चासो रुपमा लिनुपर्ने उनको भनाई छ ।

 प्राणघातक रोग क्यान्सरले बालबालिका, तन्नेरी र वृद्धवृद्धा कोही पनि नभन्ने भएकाले रोग सम्पूर्ण स्वास्थ्य जाँच ‘होल बडी चेकअफ’ गराउँदा क्यान्सरको पनि जाँच गर्ने परिपार्टीको विकास गर्नुपर्ने बताए ।

नेपाल क्यान्सर अस्पतालले आयोजना गरेको कार्यक्रम बोल्दै क्यान्सरको समयमा नै उपचार गराएको खण्डमा ५० प्रतिशत निको हुनेहुँदा  क्यान्सरको पहिलो चरणमा नै उपचार गराउ“न पर्नेमा उनले जोड दिए । क्यान्सर लागेका बालबालिकाको उच्च मनोबल बनाउन डाक्टर र अभिभावकको भूमिका महत्त्वपूर्ण हुने उनले बताए । बिरामीका लागि डाक्टरको  उर्जावान प्रेरणा ओषधी जतिकै महत्वपूर्ण हुन्छ,’ उपराष्ट्रपति पुनले भने, ‘उत्प्रेरणा र औषधीसँगै चलाउनुपर्छ ।’

विश्व स्वास्थ्य संगठनकाअनुसार प्रत्येक वर्ष एक करोड २६ लाख मानिसलाई क्यान्सर लाग्ने गरेको छ भने त्यसमध्ये चार लाख बालबालिकालाई क्यान्सर लाग्ने गरेको छ ।

बालबालिको नियमित स्वास्थ्य परिक्षण गर्न  उपराष्ट्रपति पुनले आग्रह गरे  । ‘बच्चालाई सानै उमेर देखी स्वस्थ खानपान र  नियमित योग ध्यानको आदत बसाउनुपर्छ,’ उनले भने, ‘बच्चालाई कस्तो बातावरणमा हुर्काउने परिवारका हातमा छ ।’

नेपालमा जटिल रोगको पनि उपचार हुनेहुँदा विदेश जान नपर्ने उनको भनाई छ । नेपालमा क्यान्सरजस्ता दीर्घरोगहरुको  उपचार गर्न सम्भव छैन भनेर प्रायः आर्थिकरुपमा सम्पन्न विदेश जाने गरेको उनले बताए । नेपाल क्यान्सर अस्पताललाई उपराष्ट्रपति उनले एक महिनाको तलब दिने समेत बताएका छन् ।

हेर्नुहोस् सो अवसरमा आयोजना गरिएको क्यानसर पीडित बालबालिकाहरुको र्याम्प वाक :

तस्विरहरु : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप