थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै १ लाख ठगी गर्ने पक्राउ
शनिबार, १८ साउन २०७६, १६ : १३
काठमाडौं । थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै एक लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका वडा नं ३ बस्ने ३४ वर्षीय प्रविण कुमार लाभ रहेका छन् ।
आकिव जावेद, यम दादुल मोमिन, सगिर शेखबिरुद्ध ठगी मुद्दामा महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौंमा थुनामा राखी अनुसन्धान भईरहेको अवस्थामा लाभले उनीहरुलाई छुटाइदिन्छु भन्दै पैसा ठगी गरेका थिए ।
लाभले जनकपुर उपमहानगरपालिका वडा नं.२ स्थायी घर भएका मोहम्मद आर्फिन अलिनसँग बानेश्वरर स्थित मुड क्याफेमा भेटी एक लाख लिएका थिए।
लाभलाई खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा