शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साताको शेयर बजार : दुई अर्बको कारोवार

शनिबार, १८ साउन २०७६, १५ : ४०
शनिबार, १८ साउन २०७६

धितोपत्र बजारमा यस साता पनि दुई अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७४ लाख ८० हजार ८५५ कित्ता शेयर रु दुई अर्ब आठ करोड ६२ लाख १५ हजार ६७१ मूल्यमा खरीद बिक्री भए । 

अघिल्लो बिहीबार अर्थात् साउन ९ गते नेप्से १४.१५ विन्दुले घटेर एक हजार २६९.९२ विन्दुमा बन्द भएको नेप्से आइतबार थप ओरालो लाग्यो । आइतबार नेप्से १७.११ विन्दुले घटेर एक हजार २५२.८० विन्दुमा पुग्यो । सो दिन कूल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरीद बिक्री भए ।

आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक सोमबार भने तीन अङ्क बढीले वृद्धि भयो । सो दिन नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगयो । सो दिन कारोवार रकम भने आइतबारको तुलनामा घट्यो । कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर रु ३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरीद बिक्री भए ।

यस्तै मङ्गलबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भयो । नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुग्यो । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो । क्ूल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर रु २९ करोड ४३ लाख पाँच हजार २३ मा खरीद बिक्री भए । 

बुधबार पनि नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । सो दिन ६.२० अङ्कले वृद्धि भई नेप्से एक हजार २६५.५७ मा पुग्यो । कूल १६९ कम्पनीका १२ लाख ६१ हजार कित्ता शेयर रु ३५ करोड ७८ लाख ३६ हजार १८५ मा खरीद बिक्री भए । 

बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लाग्यो । सो दिन परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झ¥यो ।  कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मा खरीद बिक्री भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप