शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साउथ स्टारले अस्वीकार गरे करण जोहरको ४० करोडको अफर

शनिबार, १८ साउन २०७६, १२ : ५६
शनिबार, १८ साउन २०७६

तेलुगु फिल्म डियर कामरेडले यतिबेला बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

एक हप्ताअघि रिलिज भएको यस चलचित्रले बक्स अफिसमा राम्रो शुरुवात गरेको छ ।

चलचित्रले आफ्नो ओपनिङ विकएन्डमा नै ३३ करोड भारु कमाइसकेको छ ।

चलचित्रमा साउथ स्टार विजय देवराकोन्डा र रश्मिका मन्डानाको मुख्य भूमिका रहेको छ ।

चलचित्रको रिलिजभन्दा अघि नै यसको ठूलो चर्चा रहेको थियो । त्यही भएर निर्माता करण जोहरले चलचित्रको हिन्दी राइट्स ६ करोडमा किनेका थिए ।

करणले राइट्स किने पछि चलचित्रमा इशान खट्टर र जान्ह्वी कपुरलाई कास्ट गर्ने खबर आएको थियो । तर, त्यसलाई करणले अस्वीकार गरेका थिए ।

रिपोर्टका अनुसार उनी विजय देवराकोन्डालाई कास्ट गर्न चाहन्थे । यसका लागि उनले विजयलाई ४० करोड भारुको अफर पनि गरेका थिए । तर, विजयले उक्त अफर अस्वीकार गरेको बताइएको छ ।

विजयको साउथ चलचित्र अर्जुन रेड्डीको हिन्दी रिमेक कबीर सिंहमा पनि पहिले उनलाई लिने बताइएको थियो । तर, विजयले हिन्दी रिमेकमा काम गर्न अस्वीकार गरेका थिए ।

त्यसपछि मात्र उक्त भूमिकामा शाहिद कपुरलाई कास्ट गरिएको थियो । कबीर सिंह शाहिदको करियरकै सबैभन्दा ठूलो हिट बनिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप