दाङ्गमा पेस्तोलसहित एक जना पक्राउ
शनिबार, १८ साउन २०७६, १२ : ०६
बुटवल । दाङ्गको प्रहरीले गएराती पेस्तोलसहित एक जना पक्राउ गरेको छ । बङगलामुखी गाउँपालिका–४ मुलटापाका ३० बर्षिय शिवबहादुर बिकलाई दाङ्गको कमिरेचौर ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (असई ) गोपालप्रसाद शर्माको कमाण्डमा गएको प्रहरी टोलीले पेस्तोल सहित पक्राउ गरेको हो ।
स्थानीय खुवबहादुर केसीको होटलमा बास बसेका ट्रिपर चालक बताइएको घोराही–३ का २६ बर्षिय ईन्द्रबहादुर नेपाली, ३५ बर्षीय पदम केसी र सुरेश नेपाली सहित ६/७ जनाको समुहलाई रातको करिव २ बजेको समयमा एक्कासी बिकले कटुवा पेस्तोल ताक्दै सबैलाई मारिदिन्छु भनेको सूचना प्राप्त गर्न साथ असई शर्माको नेतृत्वमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
घटनाको थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी निरीक्षक राजन गौतमलाई त्यसतर्फ पठाईएको दाङ्गका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा