सलमानका ज्वाइँसँग बलिउडमा डेब्यु गर्दै कट्रिनाकी बहिनी
शनिबार, १८ साउन २०७६, ११ : ०२

एजेन्सी । अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेलले बलिउडमा डेब्यु गर्ने भएकी छिन् । उनले सलमान खानका ज्वाइँ आयुस्मान शर्मासँग बलिउडमा प्रवेश गर्न लागेका हुन् ।
करन ललित बुटानीले निर्देशन गर्ने भनिएको चलचित्रको छायाँकन सेप्टेम्बरबाट शुरु हुने बताइएको छ ।
ट्रेड अनालिस्ट तरन आर्दशले ट्वीट गर्दै यस विषयको जानकारी दिए ।
चलचित्रलाई सुनिल जैन, ओमप्रकाश भट्ट, आदित्य जोशी आलोक ठाकुर र सञ्जय शंकरवरले निर्माण गर्नेछन् ।
एक्सन ड्रामा फिल्म ‘क्वाथा’मा शर्माले प्रहरी अधिकारीको भूमिका निभाउने छन् ।
चलचित्र सन् २०२० मा रिलिज गरिने बताइएको छ ।
यसअघि इसाबेलले सुरज पञ्चोलीसँग स्टान्ली डिकोस्टाद्वारा निर्देशत टाइम टु डान्सबाट बलिउडमा डेब्यु गर्ने बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म