शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : व्यस्त काठमाडौँ

शनिबार, १८ साउन २०७६, ०८ : ३३
शनिबार, १८ साउन २०७६

भीडभाड सडकमा मानिस दौडधुप गरिरहेछन्
म पनि त्यही भीडमा दौडिरहेछु ।

भोक, तिर्खा, प्यास सबैलाई लागिरहेछ
म त्यसै काकाकुल भएको छु ।

सबै गगनचुम्बी महल हेरिरहेछन्
म पनि आँखा सेकाइ रहेछु ।

सपना बुनेर मानिस थकित भएका छन्
म प्रतीक्षालयमा बसेर अर्को सपना सोचिरहेछु ।

कोही मन्दिरको प्रसाद खोजिरहेछन्
म ढुङ्गालाई देउता मानेर ढोगिरहेछु ।

धुरन्धर विद्वान्हरु सभामा व्यस्त छन्
म त्यो सभाको निम्तो पर्खिरहेछु ।

कलाकारहरु कला बेचिरहेछन्
म करोडौँ कस्तुरी भन्ने किताब पढ्दैछु ।

सडक पेटीमा भिकारीहरु भिक मागिरहेछन्
म उनीहरुलाई विश्वासघातको अर्थ सुनाइरहेछु ।

कतै सस्तो चिया पसलमा रक्सी बेचिरहेछन्
म त्यो पश्चातापका कथा भोगिरहेछु ।

कही छोरा खाँदै बाउ हेर्दै बसिरहेछन्
म विद्यालयमा ‘यो काठमाडौँ’ भनेर पठाइरहेछु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास चौलागाईं
सुवास चौलागाईं
लेखकबाट थप