शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै

शनिबार, १८ साउन २०७६, ०८ : ०२
शनिबार, १८ साउन २०७६

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयुएच( मा स्वास्थ्य परीक्षणका गर्न आज साँझ त्यसतर्फ जाँदै छन् । 

गत शुक्रबार छाउनीस्थीत सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनी आज बेलुका ९ः४५ बजे सिल्क एयरबाट सिंगापुर जान लागेका हुन् ।  

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका प्रधानमन्त्री ओली एक साता बस्ने छन् । 

गत शुक्रबार छाउनीमा गरिएको नियमित परीक्षणमा उनको युएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो । सो परीक्षण गर्दा उनको रगतमा क्रिएटिनिनको मात्रा बढेको देखिएको  थियो ।

चिकीत्सकका अनुसार रेनल (मिर्गौलाको) बायोप्सीमा सुईको माध्यमले मिर्गौलाको तन्तुको एउटा सानो नमुना निकालिन्छ । यो परीक्षण प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर थाहा पाउन गरिन्छ । 
मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिएमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको मात्र यस्तो परीक्षण गरिन्छ । 
प्रधानमन्त्री ओलीको सन् २००७ मा भारतको दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा देखिएको संक्रमण देखिएपछि थाइल्याण्ड र दिल्लीमा उपचार उपचार गराएपछि मात्र निको भएको थियो ।

एक वर्षपहिले प्रधानमन्त्रीको पदबहाली गर्नुअघि उनी नियमति परीक्षणका लागि थाइल्याण्ड गएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप