
निर्वाचन आयोगले तोक्यो मंसिर १४ गते उपनिर्वाचन
काठमाडौं-निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात विभिन्न कारणले रिक्त रहेका क्षेत्रमा उपनिर्वाचन हुने भएको हो ।
आयोगको साउन १६ गते भएको निर्णयअनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्थानीय तहको उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारबाट र प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ र प्रदेशसभा निर्वाचन ऐ २०७४ बमोजिम उपनिर्वाचनको मिति तोकिएको जनाइएको छ ।
देशभरका ३७ जिल्लामा केही बाँकी रहेका गाउँपालिका, नगरपालिका, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य कूल ५० पदमा निर्वाचन हुने आयोगका प्रवक्ता एवम् सहसचिव शंकरप्रसाद खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ