निर्वाचन आयोगले तोक्यो मंसिर १४ गते उपनिर्वाचन
शुक्रबार, १७ साउन २०७६, २२ : १७
काठमाडौं-निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात विभिन्न कारणले रिक्त रहेका क्षेत्रमा उपनिर्वाचन हुने भएको हो ।
आयोगको साउन १६ गते भएको निर्णयअनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्थानीय तहको उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारबाट र प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ र प्रदेशसभा निर्वाचन ऐ २०७४ बमोजिम उपनिर्वाचनको मिति तोकिएको जनाइएको छ ।
देशभरका ३७ जिल्लामा केही बाँकी रहेका गाउँपालिका, नगरपालिका, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य कूल ५० पदमा निर्वाचन हुने आयोगका प्रवक्ता एवम् सहसचिव शंकरप्रसाद खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो
-
लेखा समितिमा उपसमिति गठनको विवाद, सहमति बिना बैठक स्थगित
-
चीनको गान्सुमा पहिरो, कम्तीमा १६ जना पुरिए
-
सम्मानजनक पुनःस्थापनाको माग गर्दै होल्डिङ सेन्टरका सुकुमबासीले सरकारको गराए ध्यानाकर्षण
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण