बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निश्चल र स्वस्तिमालाई आदर्श दम्पत्ति सम्मान

शुक्रबार, १७ साउन २०७६, १६ : ०७
शुक्रबार, १७ साउन २०७६

काठमाडौं  – अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता एवम् निर्देशक निश्चल बस्नेत ‘आदर्श दम्पत्ति सम्मान–२०७६’बाट सम्मानित भएका छन् । बिहीबार ललितपुरमा एक समारोहबीच यी दम्पत्तिलाई ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्था र ललित फरिया घरले यो सम्मान दिएको हो ।

ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्थाद्धारा सञ्चालित एवम् ललित फरियाघरको आयोजनामा ललितपुरको जावलाखेलमा तिज माईतिमेला २०७६ गरिएको छ । शनिबारसम्म चल्ने यो तिज मेलाको उद्घाटन समारोहमा निश्चल र स्वस्तिमा विशेष अतिथि बनेर पुगेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यी दम्पत्तिलाई सम्मान प्रदान गरेका हुन् ।  यसरी बिहिबार सो कार्यक्रममा सम्मानित भएपछि अभिनेत्री स्वस्तिमा र अभिनेता एवम् निर्देशक निश्चल बस्नेतले सो सम्मान प्रति यसरी खुसी व्यक्त गरे ।

अभिनेता स्वस्तिमा खड्का यतीबेला निकै चर्चामा छिन् । उनको नयाँ फिल्म हजार जुनीसम्म यही ३० साउनबाट रिलिज हुँदैछ । यो सम्मानले आफुहरुलाई चलचित्र क्षेत्रमा काम गर्न अझ प्रेरणा मिलेको निश्चलले बताए ।

ललित फरिया घरले आयोजना गरेको सो तिज मेला शनिबार १८ साउनसम्म चल्ने छ । आयोजक मिना न्यौपाने रिमालले तिजको अबसर पारेर यो मेला आयोजना गरिएको बताइन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप