प्रदेश नं २ का संसदलाई प्रमको आश्वासन : राहतको कार्यक्रमसहित आउँछु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पिडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताएका छन् । प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने साँसदहरुसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले बाढी पिडितहरुलाई तत्कालिन भन्दा पनि दीर्घकालिन समाधानका लागि सरकारले योजना बनाइरहेको बताएका छन् । “बाढी र डुबानको समस्या समाधानको दीर्घकालिन उपायको लागि सरकारले योेजना बनाउदैछ” प्रधानमन्त्री ओलीले भने, “वर्षेनी देशमा हुने यस प्रकारका समस्याको दीर्घकालिन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्दछ । बाढी र डुबानका कारण हुने जनधनको क्षती न्यून गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्दछ ।”
केही समय भित्रै बाढीले क्षती पु¥याएका प्रदेश नं २ का जिल्लाको भ्रमण गर्ने प्रधानमन्त्रीले साँसदहरुलाई बताएका छन् । “केही समयपछि म बाढीको क्षतिको अवलोकन र राहतको केही कार्यक्रम सहित प्रदेनं २ मा आउँछु,” प्रधानमन्त्री ओलीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारले ल्याएको बजेटबारे सत्ता र प्रतिपक्षका सांसदकाे साझा टिप्पणी- यो बजेटले प्रदेशलाई डुबाउँछ
-
एपीएफ स्कुलमा आर्थिक अनियमितताको आरोप, हेडक्वार्टरले थाल्यो छानबिन
-
१९७० को त्यो फाइनल, पेलेको अन्तिम विश्वकप र गोल
-
रास्वपा महाधिवेशन उद्घाटन अघिको माहोल, तस्बिरमा हेर्नुहोस्
-
चर्कियो ट्रम्प र इटालीकी प्रधानमन्त्रीको सामाजिक सञ्जालमै 'भिडन्त', के हो जी–७ को तस्बिर प्रकरण ?
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण