सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !

नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।
पछिल्लोपटक नेकपा बिप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर बिष्फोटन गराउने, प्रहरीमाथि आक्रमण गर्ने जस्ता गतिबिधि गरेपछि सरकारले सैनिक पोशाकको प्रयोगमा निषेध गर्न लागेको हो ।
गृहले स्थानीय प्रशासनसँगै ७७ वटा जिल्लाका प्रहरी कार्यालयलाई उक्त पोशाक लगाउने ब्यक्तिलाई पहिलोपटक संझाउन र अटेर गरे कारवाही गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरकारका बिभिन्न निकायले पनि सेनाले प्रयोग गर्दै आएको क्यामोफ्लाइज कपडा प्रयोग गरेको पाइएकाले उनीहरुलाई त्यस्ता पोशाक प्रयोगमा नियन्त्रण गर्न गृहले सबै स्थानीय प्रशासन र प्रहरीलाई समेत निर्देशन दिएको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक