‘केटाकेटी जवान भएपछि बिहे गरिदिने हो, उमेरले के हुन्छ ?’
चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा। शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ। गर्भको बच्चा सात महिना पुगिसकेको छ। चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन। यसबारे सोध्दा उनी लजाउँछिन् मात्र।
महोत्तरी मनरा सिसवा नगरपालिका(१० मधवा टोलका मुसहरी बस्तीमा अधिकांश छोरीको बिहे १० देखि १२ वर्षकै उमेरमा हुन्छ। बिहे भएको एकदुई वर्षमै आमा बनेपछि उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन्। सन्तान पनि कुपोषित छन्।
सोमित्रादेवी सदाले दुई वर्षअघि बुहारी भित्र्याइन्। छोरा रामबाबु सदाको उमेर १६ वर्षको थियो। बुहारी इन्दिरा १२ वर्षकी थिइन्। इन्दिराले छोरी जन्माइसकेकी छन्। सुमित्राले खुसी हुँदै भनिन्, ‘आब एगो पोताके रस्ता देखैछियै (अब एउटा नातिको बाटो कुर्दै छु)।’
मुसहर टोलमा अधिकांशको बिहे उमेर नपुग्दै हुन्छ। ‘छौरा छौरी जुवान भगेल त वियाह कदेली उमेरसे कथि होईहै (केटाकेटी जवान भएपछि बिहे गरिदिने हो। उमेरले के हुन्छ ? ’ टोलकी वृद्धा सन्तोलियादेवी सदाले भनिन्, ‘हाम्रो बेलामा त झन् बच्चैमा बिहे हुन्थ्यो।’
सानैमा बिहे गर्ने परिपाटी र परिवार नियोजनको साधनमा पहुँच नहुँदा अधिकांश महिला धेरै बच्चा पाउन बाध्य छन्। यस्ता बच्चामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी
-
जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी
-
खुम्बु क्षेत्रमा भूकम्पको परकम्प
-
ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
-
बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु
-
एमालेका काठमाडौँ जिल्ला सदस्य पूर्णमान लामा बलात्कार आरोपमा पक्राउ