भारतबाट तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी

हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत (लियाजन–अफिसर) सहित सबै नेपाली कर्मचारीले भारतको विहार राज्य सरकारबाट नियमित तलब थाप्दै आएका छन् ।
‘यो कोसी र गण्डक सम्झौतामा भएकै प्रबन्धअनुसारको व्यवस्था हो,’ आफ्नो सेवा सुविधाका कुरा गर्न सिंहदरबार आएका कोशी योजनाका सम्पर्क एकं भूआर्जन अधिकृत (लियाजन अफिसर) सन्तोषकुमार चोङवाङले कान्तिपुरसँग भने, ‘आफ्नो राष्ट्रको हकहित र भलाइका लागि तोकिएका योजनामा काम गर्न पनि भारत सरकारको तलब खाइरहेको अवस्था सुहाँउँदिलो छैन, यो आर्थिक भार नेपाल सरकारले बेहोर्नुप¥यो भन्नका लागि पनि सिंहदरबार आएको हुँ ।’
चोङवाङसँगै गण्डक परियोजनाका लियाजन अफिसर तारा सिंह पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आएका थिए । यो समाचार कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित