बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको शोरुम थापाथलीमा कार मेला सुरु

बिहीबार, १६ साउन २०७६, २२ : ३४
बिहीबार, १६ साउन २०७६

काठमाडौं- टाटा मोटर्सको शोरुम थापाथलीमा कार मेला सुरु भएको छ । हरेक वर्ष मनाउँदै आएको सो मेला यस बर्ष भने परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिइ यहि २०१९ अगस्ट १ सुरु भएको हो । 
नेपालमै पहिलोपटक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स कार्निभल आयोजना गर्न लागेको हो  । नेपालका लागि टाटा मोटर्स को एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि हो । यसअघि पनि सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो, जसको छैठँौ संस्करणसम्म आयोजना गरिसकेको छ ।

टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबैभन्दा ठूलो र भब्य कार्यक्रम हो । प्रत्येक वर्ष टाटा मोटर्सले आयोजना गर्ने  एक्स्पोबाट टाटा मोटर्सले ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया प्राप्त गर्ने गरेको छ  । बिशेषगरी बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरु ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागि गाडि हेर्न र किन्नका लागि यो कार्यक्रमको विशेष प्रतिक्षा रहन्छ, ग्राहकहरु यस अवधिको प्रतिक्षा गरी कम्पनीले प्रदान गर्ने विभिन्न अफरहरु र विशेष छुटप्रति आकर्षित भइ लाभ लिन्छन् ।

यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडीहरुमा ३ लाख सम्मको छुट, विभिन्न आकर्षक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, संगीत, मनोरञ्जन र विभिन्न खानाका परिकारहरु समेत रहेको छ । उक्त कार्यक्रममा धेरै कुराहरुको लाभ लिन सकिने समेत आयोजकले बताएको छ ।

यो कार्यक्रमले सुस्ताइ रहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेका नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजितनारायण सिंहले बताए । यो कार्यक्रममार्फत १५०० देखि २००० ग्राहक आगमनको अपेक्षा रहेको उनले बताए ।

यस टाटा मोटर्स कार्निभलबाट बजारमा रहेकोभन्दाआकर्ष छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुिष्ट र लाभ प्राप्त हुने विश्वास लिएको  सिप्रदी ट्रेडिङ्ग प्रा.लिका सिइओ राजनबाबु श्रेष्ठ बताउँछन् । 

टाटा मोटर्स (वार्षिक) ४४अर्व डलरको कारोबार गर्ने अन्तराष्ट्रिय कम्पनीहो जसले कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामाप्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी हो र ११० अर्व डलरको कारोवार रहेको छ टाटा गु्रपको । १३४ सहायक कम्पनीहरुमार्फत टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । 

लक्की ड्रबाट बुकिङ्ग गर्दाको अफरहरु निम्नछन्ः–
-एक भाग्यशाली जोडिलाई यूरोप भ्रमण ÷एप्पलको सेट / ३ लाखसम्मको नगद छुट
- १ लाखसम्मको लोएल्टी बोनश
- एक वर्षसम्मको लागि रोड टयाक्समा छुट
-डोर प्राईजमा एकजनालाई ब्याङकक भ्रमण
- बुकिङ्गमा लक्की ड्र मार्फत एक सामसुङ्गको ३२ ईन्च टिभी उपहार,
-परिक्षण  टेष्टमा एक भाग्यशालीलाई लक्की ड्र बाट हुवाईको स्मार्ट फोन ।
-पूरानो सवारी मूल्यांकनमा एक भाग्यशालीलाई लक्की ड्र बाट दक्षिणकाली भिलेज रिर्सोटमा एक रातको बास,
-प्रत्येक टेष्ट ड्राईभमा २ जनालाई फिल्मको टिकट 
-प्रत्येक गाडिको डेलिभरीमाआकर्षक उपहारहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप