शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोमर्स्वीको ब्रान्ड एम्बेस्डरमा गायक सुशान्त केसी, फ्रेन्डसीप महिनालाई यादगार बनाइने

बिहीबार, १६ साउन २०७६, १९ : ४२
बिहीबार, १६ साउन २०७६

काठमाडौं– सोमर्स्वी एप्पल साइडरले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सीलाई यही साउन १६ बाट लागु हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेस्डर घोषित गरेको छ । 

नेपाली युवाहरुमाझ प्रचलित स्फुर्तिदायी पेय ‘सोमर्स्वी एप्पल साइडर’ र युवावर्ग माझ सांगीतिक क्षेत्रका प्रिय र प्रख्यात गायक सुशान्त के.सी ले फ्रेन्डसीप महिनालाई अझै सुरीलो र यादगार बनाउन सहकार्य गरेका छन्  ।

गोर्खा ब्रुअरी प्रा.लिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले यो सहकार्यबाट दुबै परिपुरक हुने विश्वस्त व्यक्त गरे । उनले यो फ्रेन्डसीप महिनामा युवा उपभोक्ताहरुले केसीको सांगीतिक धुनसँग रम्दै र मस्त रहँदै चिसो सोमर्स्वीको साथमा अझै नयाँ सम्झनाहरु यादगार बनाउने अवसर पाउने बताए ।

सुशान्तले भने, “म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु । ब्रान्डसँग आवद्ध रही मलाई हाम्रो देशका युवामाझ सांगीतिक यात्रा लिएर जुर्ने अवसर प्राप्त भएको छ । मलाई आशा छ सोमर्स्वीका विशेषतालाई मैले परिभाषित गर्न सक्नेछु ।”

फ्रेन्डसीप महिना अभियान 

सोमर्स्वीले अन्तराष्ट्रिय फ्रेन्डसीप महिना – अगस्ट २०१९ लाई ध्यानमा राखी नयाँ प्रचार प्रावधान ‘सोमरफन वीथ फ्रेन्डस, डाट्स वन्डरफुल’ उपभोक्तामाझ सार्वजनिक गरेको छ । यो योजना नेपालभरका ५०० भन्दा बढी विक्रि केन्द्रहरुमा उपलब्ध रहनेछ । साथै यो अवधिभर गायक सुशान्त के.सीले धरान, बुटवल, काठमाडौं, पोखरा र नारायणगढमा सांगीतिक यात्रा गर्नेछन् ।

नेपालमा सोमर्स्वी एप्पल साइडर

सोमर्स्वी नेपाली बजारमा एकमात्र उपलब्ध रहेको एप्पल साइडर हो र गोर्खा बु्रअरी प्रा.लि. ले मे २०१६ मा यो पेय सार्वजनिक गरेको हो ।  तत्पश्चात् यो नेपाली युवामाझ लोकप्रिय रहि आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप