शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुमेरु अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु, सरकारी दरमै उपचार

बिहीबार, १६ साउन २०७६, १७ : ५५
बिहीबार, १६ साउन २०७६

ललितपुर– धापाखेलस्थित सुमेरु सामुदायिक अस्पतालले मिर्गौला प्रत्यारोपण सुरु गरेको छ । मृगौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मृगौला प्रत्यारोपण गर्ने पनि जनाएको छ । 

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषि कुमार काफ्लेको नेतृत्वमा अस्पतालले दुई जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको छ ।  ३४ वर्षीय विकास गुरुङ र ३० वर्षीय शुक्रानी योञ्जनको सफल मिर्गौला प्रत्यारोपण गरिएको डा. काफ्लेले बताए । दुवै जनामा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको पनि डा काफ्लेले बताए । 

प्रत्यारोपणका लागि सरकारले दिने गरेको ४ लाख रुपैयाँमा नै प्रत्यारोपण गरिएको डा. काफ्लेले बताए । गुरुङलाई उनकी श्रीमतीले मिर्गौला दिएकी हुन भने शुक्रानीलाई आमाले मिर्गौला दिएकी हुन् । बिरामीलाई डायलोसिसको सकसबाट हटाउन अस्पतालले अबदेखि प्रत्यारोपणलाई निरन्तरता दिने पनि डा. काफ्लेले जानकारी दिए ।

अस्पतालका गतिविधिबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुमेरु ग्रुप एवं सुमेरु अस्पतालका अध्यक्ष भरत महर्जनले सरकारी शुल्कमा सुमेरु अस्पतालले मृगौला प्रत्यारोपण गर्ने बताए ।

ब्लड ग्रुप म्याचिङ नहुने बिरामीको मृगौला प्रत्यारोपणका लागि प्लाज्मा फेरोसिस उपकरण जडान र सुविधा सम्पन्न एचएलए ल्याब टेष्ट सुविधा निकट भविष्यमा सञ्चालन गर्न लागेको अध्यक्ष महर्जनले जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले मृगौला प्रत्यारोपण तथा अन्य सेवा विस्तारका सम्बन्धमा सकारकारको सहयोग निरन्तर रहने बताए । उनले सरकारले दिने अन्य घातक रोगको उपचार पछिको निःशुल्क औषधी जस्तै गरी मृर्गौलाको उपचार पछिको औषधीलाई पनि ८० प्रतिशतमा ल्याउने प्रयास गर्ने बताए ।

मृर्गौलाको उपचारमा औषधी निकै महंगो हुने भएकाले धेरै नेपालीले यस्ता औषधी खरिद गर्न नसक्दा समस्यामा पर्ने गरेका छन् । यसको लागि नियममा नै परिवर्तन गरी औषधीको मूल्यमा ८० प्रतिशतमा झार्न हर सम्भव कोसिस गर्ने बताए ।

हाल अस्पतालले २५ हेमोडायलोसिस उपकरणबाट डायलोसिस गर्दै आएको छ । तीनसय शैया क्षमताको अस्पतालमा १०० विशेषज्ञ चिकित्सक आबद्ध छन् । 
 

 स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव रसुमेरु अस्पतालका अध्यक्ष भरत महर्जन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप