बैंकको चर्को ब्याजका कारण उद्योग सञ्चालन गर्न नसकिने भो : शेखर गोल्छा
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुको चर्को ब्याजका कारण उद्योगधन्दा सञ्चालन गर्न सकिने अवस्था नरहेको बताएका छन् । वरिष्ठ उपाध्यक्ष गोल्छाले बैंकहरुले चर्को ब्याज लिने व्यवस्थालाई कायमै राखेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको उल्लेख गर्दै त्यसले उद्योगधन्दा स्थापना तथा संचालन गर्न सकिने अवस्था नरहेको प्रष्ट्याएका हुन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उनले विगत ३ वर्षयता आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि भएपनि त्यसले बजारमा तरलताको अभाव देखिँदा बैंकहरुबाट ऋण लिने अवस्था नरहेको गुनासो पनि गरे । त्यसमा कर्जा लिईहाले पनि उच्च व्याजदरका कारण आफूहरु समस्यामा पर्ने अवस्था आएको वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाई छ ।
वरिष्ठ उपाध्यक्ष गोल्छाले चर्को व्याजदर कायमै राखेर मुलुकमा कसरी उद्योगधन्दा चलाउन सकिन्छ ? भनि प्रश्न पनि गरे । कार्यक्रममा बोल्दै संघीय संसद अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले पनि उद्योगीहरुको पक्षमा मौद्रिक नीति ल्याउन नसकेको भन्दै नेपाल राष्ट्र बैंकप्रति असन्तुष्टि जनाए । उनले ब्याजदर उच्च राख्ने अनि ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने सरकारको लक्ष्य अनुसार नै मौद्रिक नीति ल्याइएको भन्ने नेपाल राष्ट्र बैंकको भनाई तथ्यपरक नभएको भन्दै आपत्ति पनि जनाए ।
सभापति दाहालले उत्पादन वृद्धि गरेर मुलुकको आर्थिक वृद्धिदरलाई बढाउनुपर्नेमा त्यसलाई घटाउने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प