मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा तत्कालीन नयाँ शक्तिका नेतामाथि गोली प्रहार

बिहीबार, १६ साउन २०७६, १५ : ३९
बिहीबार, १६ साउन २०७६

बुटवल– कपिलवस्तुमा बिहीबार दिउँसो एक स्थानीय नेतामाथि  गोली प्रहार भएको छ ।

शुद्धोधन गाउँपालिकाका  रामनयन यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ।

वडा नं. ५ देवपुर स्थायी घर भएका यादवमाथि जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं. ३ स्थित सुसरिया पुल नजिकै दिउँसो १ बजेतिर गोली प्रहार भएको हो ।

कपिलवस्तुका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक  दीप शम्शेर जवराले रातापाटीलाई  दिएको जानकारी अनुसार उनको हातमा गोली लागेको छ । घाइतेले दुई जनाले प्लपर मोटरसाईलमा आएर गोली प्रहार गरेको प्रहरीलाई बताएका छन् ।

यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए । देब्रे पाखुरामा गोली लागेका उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको देव्रे हातको कुहिनो गोली लागेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप