बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्लुटोलाई  फेरि ग्रहको मान्यता ?

बिहीबार, १६ साउन २०७६, १४ : ०३
बिहीबार, १६ साउन २०७६

लामो समयदेखि ग्रहको रुपमा मानिँदै आएको प्लुटोलाई सन् २००६ सालमा ग्रह नमान्ने घोषणा गरिएकोमा फेरि प्लुटोले ग्रहकै मान्यता र दर्जा पाएको छ । 

ब्रह्माण्डका वस्तुको वर्गीकरणको जिम्मेवार संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आएयु)ले भर्खरै प्लुटोलाई एक मुख्य ग्रहको रुपमा वर्गीकृत भएको घोषणा गरेको हो ।  

हाम्रो सौर्यमण्डलको नवौं ग्रहको रुपमा लामो समयदेखि स्थापित र मानिँदै आएको यो ग्रहले मर्करी, भेनस, पृथ्वी, मंगल, जुपीटर, स्याटर्न, युरानास, नेप्ट्युन र प्लानेट–एक्सले सोही स्तरको पुनःमान्यता पाएको हो । धेरैलाई थाहा छ, सबैको मनपर्ने यस ग्रहलाई सन् २००६ मा  सौर्यमण्डलका नवौं ग्रहबाट प्लुटोलाई हटाएर यसलार्य क्षुद्र ग्रहको दर्जा प्रदान गरिएको थियो । सोही निर्णयका कारण आएयु बदनाम र सर्वआलोचित हुँदै आएको  थियो ।

सन् २००६ मा प्लुटोलाई सौर्यमण्डलको पूर्ण सदस्य ग्रह नमान्ने, त्यलाई क्षुद्र ग्रह मान्ने घोषणा भएलगतै जनतामा ठूलो आक्रोश पैदा भएको थियो । त्यतिबेलादेखि नै प्लुटोलाई पुनः ग्रहको मान्यता दिन अभियान थालिएक थिए तर यसले सफलता भेट्टाउन सकेको थिएन 
तर, आएयुले आफ्नो पुरानो निर्णयलाई गलत मान्दै त्यसलाई सच्चाएको छ । त्यसअनुसार, आएयुले प्रेस विज्ञप्ति जारी गरी वरफै बरफले भरिएको चिसो ग्रह प्लुटोलाई फेरि ग्रहको मान्यता दिएको छ । 

नाेटः इन्टरनेटमा राखिएका सामग्रीहरुले कसरी मानिसलाई भ्रमित र अन्यौलमा पारिदिन्छ भन्ने कुराको एउटा राम्रो उदाहरण हो, यस्ता समाचार ।  विज्ञानसम्बन्धी सामग्रीहरु प्रकाशित हुने https://science-andinfo.blogspot.com/ मा छापिएका सामग्रीको आधारमा तयार पारिएको यो समाचारको तथ्य वास्तविक नभई अप्रिल फूलको सामग्री रहेको र प्लुटोको आधिकारिक हैसियत अझै पनि सौर्यमण्डलका पूर्ण सदस्य ग्रहको रुपमा नरही क्षुद्र ग्रहकै रुपमा रहेको जानकारी गराउँछौं । रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप