केएलको तिज गीत ‘बनाऔं नयाँ जीवन संस्कृति’
बिहीबार, १६ साउन २०७६, १३ : १४

काठमाडौं– गीतसंगीत क्षेत्रमा तीज गीतको बाढी चलेको बेला नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष, गीतकार एवं चलचित्र निर्देशक केएल बुढाथोकीले शिष्ट र सन्देशमूलक तीज गीत ‘बनाऔं नयाँ जीवन संस्कृति’ सार्वजनिक गरेका छन् ।
गीतले स्वस्थ मनोरञ्जनका साथै मानवता, सद्भाव र सामाजिक रुपान्तरणको सन्देश दिएको छ । गीतमा प्रेमा गैरे, रिचा बुढाथोकी र अन्जु बस्नेत लगायतका कलाकारको नृत्य छ । पिपल चौतारामा खिचिएको नृत्यले भिडियोलाई निकै मौलिक र मोहक बनाएको छ ।
सञ्चारकर्मी बुढाथोकीकै शब्द र निर्देशन रहेको गीतका सन्तोष श्रेष्ठले संगीत दिएका छन् । रिचा बुढाथोकीको कोरियोग्राफी रहेको गीतको भिडियो छायाँकन कृष्ण जीएम र सम्पादन मेक ब.थापाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला टी–२० विश्वकप छनोटमा नेपालले बहराइनलाई हरायो
-
भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी