केएलको तिज गीत ‘बनाऔं नयाँ जीवन संस्कृति’
बिहीबार, १६ साउन २०७६, १३ : १४
काठमाडौं– गीतसंगीत क्षेत्रमा तीज गीतको बाढी चलेको बेला नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष, गीतकार एवं चलचित्र निर्देशक केएल बुढाथोकीले शिष्ट र सन्देशमूलक तीज गीत ‘बनाऔं नयाँ जीवन संस्कृति’ सार्वजनिक गरेका छन् ।
गीतले स्वस्थ मनोरञ्जनका साथै मानवता, सद्भाव र सामाजिक रुपान्तरणको सन्देश दिएको छ । गीतमा प्रेमा गैरे, रिचा बुढाथोकी र अन्जु बस्नेत लगायतका कलाकारको नृत्य छ । पिपल चौतारामा खिचिएको नृत्यले भिडियोलाई निकै मौलिक र मोहक बनाएको छ ।
सञ्चारकर्मी बुढाथोकीकै शब्द र निर्देशन रहेको गीतका सन्तोष श्रेष्ठले संगीत दिएका छन् । रिचा बुढाथोकीको कोरियोग्राफी रहेको गीतको भिडियो छायाँकन कृष्ण जीएम र सम्पादन मेक ब.थापाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
-
गर्मीयाममा नाकबाट रगत किन बग्छ ?
-
अछाममा चट्याङ लागेर चार जना घाइते
-
कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत फेला
-
‘गौँथली’ ट्रेलर : एक युवतीको विवाहपछिको चुनौती र सङ्घर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण