नेपाल फिल्म अवार्ड घोषणा
काठमाडौं– नेपालमा आयोजित अवार्ड प्रायः विवादबाट टाढा रहन सकेको छैन । तैपनि हरेक बर्ष एक वा दुई अवार्ड थपिने क्रम बढ्दो छ । यस्तैमा ‘नेपाल फिल्म अवार्ड’ पनि थपिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच यो अवार्ड घोषणा भएको हो । थुप्रै कलाकर्मी र रंगपत्रकारको उपस्थितिमा घोषणा भएको अवार्ड बलामी इन्टरटेनमेन्ट र नेफा मिडिया ग्रुपले आयोजना गर्न लागेका हुन् ।
चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहकार्यमा रहने अवार्डमा मनोरञ्जन पत्रकारितामा सक्रिय चर्चित २१ पत्रकार समेत जोडिएका छन् ।करिब २ करोड लागतमा आयोजना हुन लागेको अवार्ड १० हजार बढी दर्शकको उपस्थितिमा बाँडिने आयोजक बलामी इन्टरटेनमेन्टका प्रमुख समिर बलामीले जानकारी दिए ।
पपुलरतर्फ ५ र निर्णायकतर्फ १४ विधा गरेर कुल १९ बिधामा बितरण गरिने अवार्डमा नेपाली फिल्म प्रति समर्पित एक व्यक्तिलाई १ तोला सुन र १ लाख ११ हजार १ सय ११ नगद सहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिनेछ ।
अवार्डको जुरीमा निर्माता निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक कलाकार अनुप बराल रहेका छन् ।
३५ तोलादेखि ५० तोलासम्मको चाँदीको ट्रफी बन्ने अवार्डको अवेदन समेत खुल्ला भएको छ । पहिलो पटक फरक शैलीमा हुन लागेको यो अवार्ड निष्पक्ष हुनेमा धरणा कार्यक्रममा कलाकर्मीले राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’