शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच नम्बर प्रदेशका विभिन्न ठाउँमा एनसेल टावरमा आगजनी, धेरै टावरहरु ध्वस्त

बिहीबार, १६ साउन २०७६, ११ : २४
बिहीबार, १६ साउन २०७६

गत राती पाँच नम्बर प्रदेशका विभिन्न ठाउँमा एनसेलको टावरमा आगजनी भएको छ । अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको  छ ।

रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका ११ स्थित धुपही भन्ने ठाउँमा रहेको एनसेलको टावर पूर्ण रुपले ध्वस्त भएको छ ।  ईलाका प्रहरी लुम्बिनीका अनुसार राती २ बजेतिर आगो लगाइएको थियो । जसलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेको स्थानीयले जनाएका छन् ।

आगो कसले र किन लगाएको हो भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान पश्चात् मात्र पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रहरी नायव उपरिक्षक घर्मराज भण्डारीलmे रातोपाटीलाई बताए ।

यता, अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा आगजनि भएको छ । आगोलागीबाट टावरमा क्षति भएको प्रहरीको भनाइ रहेको छ । आगो कसले र किन लगायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । आगो लगाउने समूहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यता पूर्वी नवलपरासीको  कावासोती–१० मगरकोटमा रहेको एनसेलको टावर गय राति अज्ञात समुहद्वारा आगजनि गरेको छ ।

आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । टावरमा लागेको स्थानीय र प्रहरीको पहलमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगजनीबारे  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

लुम्बिनीका कपिलवस्तु, पाल्पा, गुल्मी लगायतका जिल्लामा समेत एनसेलको टावर आगजनी भएको जानकारी स्थानीयले दिएका छन् । लुम्बिनी मात्र नभइ देशभर विभिन्न जिल्लामा यसरी आक्रमण गरिएको देखिएको छ । केही समय अगाडी पनि यसरी विप्लव नेतृत्वको नेकपाले देशभर एनसेलमाथि आक्रमण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप