बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा १२ वर्षीय किशोरले गरे आत्महत्या

बिहीबार, १६ साउन २०७६, ०९ : ४२
बिहीबार, १६ साउन २०७६

भक्तपुर । भक्तपुरमा १२ वर्षका एक किशोरले आत्महत्या गरेका छन् ।

सूर्यबिनायक नगरपालिका वडा नम्बर .७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका प्रहरीले जानकारी दिएको छ ।

सन्देशले आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुण्डिरहेको अबस्थामा बुबाले देखी पासो फुकाई मध्यपुर अस्पताल लगेको प्रहरीको भनाइ छ ।

उनलालई अस्पतालमै चिकित्सकले मृत घोषित गरेका थिए । शवको पोष्टहमार्टम पछि आफन्तलाई बुझाई पठाईएको र घटनाबारे थप अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मध्यपुर ठिमी न.पा.३ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ त ८६८ नं.को ट्याक्टर र सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ मोटरसाइकल पछाडीबाट ठक्कर खान जादा एक जनाको मृत्यु भएको छ ।

२ जना घाइतेहरुलाई बुधबार राती ट्रमा सेन्टर काठमाडौँमा थप उपचारका रिफर गरिएकोमा मोटरसाइकलको पछिल्लो सिटमा बस्ने रामेछाप सुनापाती गा.पा.३ घर भएको वर्ष २९ को रोमन तामाङ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक जिल्ला रामेछाप सुनापाती गा.पा.३ बस्ने बर्ष २८ को धन बहादुर थिङको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको ।

मिक्सचर चालक उदयपुर, कटारी घर भई हाल जडीबुटी बस्ने बर्ष ३१ को रबिन खत्री महानगरीय प्रही वृत्त ठिमीको नियन्त्रणमा छन् । फरार रहेका ट्याक्टर चालकको खोजतलास कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरि चाँगुनारायण नगरपालिका ८ चरेलीमा कमलबिनायकबाट नगरकोटतर्फ जादै गरेको बा १० च ४०२६ नं. को बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५ मिटर तल खस्न जादा गाडीमा सवार २ जना मानिसहरू घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई उपचारको लागी भक्तपुर अस्पताल लगिएकोमा सिन्धुली घर भई हाल जिल्ला भक्तपुर चाँगुनाराण न.पा. ८ कलमसी बस्ने बर्ष ३२ को कान्छा राई उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालक जिल्ला दोलखा मेलुङ गा.पा.१ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा.७ बागेश्वरी बस्ने बर्ष २० को प्रदिप राउत घाइते भई थप उपचारका लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रनाउ पोखरेलले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप