शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिजाब लगाएर कुश्ती लड्दै १९ वर्षीया डायना

बिहीबार, १६ साउन २०७६, ०९ : २७
बिहीबार, १६ साउन २०७६

मलेशियाकी नोर डायना १९ वर्षीय महिला रेसलर हुन् । पुरुषको दबदबा रहेको यस खेलमा उनी हिजाब लगाएर नै व्यवसायिक कुस्ती लड्ने गर्छिन् ।

कट्टरपन्थी मुल्लाओ समूदायका लागि महिलाले कुस्ती लड्नु चुनौतीपूर्ण हुँदाहुँदै पनि उनी फीनिक्स नामले चर्चित छिन् । उनी एकमात्र पहिलो महिला रेसलर हुन् जो हिजाब लगाएर कुस्ती लड्छिन् ।

उनले भर्खरै मलेसियामा प्रो रेसलिङ (एमवाईपीडब्ल्यू) मा भाग लिएकी थिइन् । उक्त प्रतियोगिता स्थानीय स्तरमा अमेरिकाको वल्र्ड रेसलिङ इन्टरटेन्टमेन्ट (डब्ल्यूडब्ल्यूई) जस्तै लोकप्रिय रहेको छ ।

डायनाको उचाई ५ फिट १ इन्च रहेको छ भने तौल ४३ किलो मात्र रहेको छ । यसका वावजुद पनि उनी रिङमा गजबको प्रस्तुती दिन्छिन् र आफ्ना प्रतिद्वन्दीलाई पछार्छिन् ।

कट्टर मुस्लिम समुदायबाट आएकी डायनाको सामाजिक सञ्जालमा जति आलोचना हुन्छ त्यति नै प्रशंसा पनि । तर, उनी भन्छिन्, ‘म मुस्लिम हुँ, हिजाब पनि लगाउँछु तर यसको मतलब मेरो सपना पूरा गर्न मलाई कसैले रोक्न सक्दैन ।’

लज्जालु र मृदुभाषी डायनाले आफूलाई फीनिक्स नामले चिनाएकी छिन् । उनी आफ्नो वास्तविक पहिचान भन्न चाहदिँनन् ।

अस्पतालमा समेत काम गरिरहेकी डायनाले २०१५ बाट रेसलिङको तालिम लिन सुरु गरेकी थिइन्  । बच्चा बेला देखिनै कुस्ती लड्न चाहेको बताउने डायना तालिम लिएको केही समयमा नै रिङमा लड्न सुरु गरिन् ।

३ करोड २० लाख जनसंख्या भएको मलेसियामा ६० प्रतिशत मुसलमान छन् । उदार हँुदाहुँदै पनि यो समुदायमा थुप्रै रुढीवादी परम्परा रही आएको छ । यद्यपि, डायनालाई उनको परिवारको पूर्ण समर्थन रहेको छ ।

उनले प्रतियोगितामा ४ जना पुरुषलाई मात दिएकी छिन् । कसैले चिन्न नसकोस् भनेर रेसलिङको सुरुवातमा मास्क लगाएर रिङमा उत्रिने गर्थिन् । यसैबीच अघिल्लो वर्ष एउटा खेल हारेपछि उनले मास्क निकालेर लड्ने निर्णय लिइन् ।

रेसलिङ जति नै लोकप्रिय भएपनि दक्षिण पूर्वी एशियामा अहिले पनि यो तल्लो स्तरको खेलको रुपमा लिइन्छ । जम्मा ३० जना मात्रै फाइटर भएको यस क्षेत्रमा महिनामा एक वा दुईपटक मात्र प्रतियोगिता हुन्छ भने दर्शकको संख्या पनि सीमित रहेको छ ।

डायनाका प्रशिक्षक अजेज शौकत फोन्सेका भन्छन्, ‘उनको प्रसिद्धि बढेसँगै थुप्रै महिलाहरुले सन्दैश पठाएका छन् । जो रेसलिङमा आउन इच्छुक छन् । डायनाले समाजको बन्धनलाई तोडेर जो कोहिले पनि इच्छाशक्ति भए जे पनि गर्न सक्छ भन्ने कुरा प्रमाणित गरिदिएकी छिन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप