विप्लव माओवादीले कब्जा गरेको ४४ बिघा जग्गामा गाड्यो पार्टीको झन्डा
बिहीबार, १६ साउन २०७६, ०७ : ४९
१

विप्लव नेतृत्वको नेकपाले कैलालीमा ४४ बिघा जग्गा कब्जा गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको ४४ बिघा जग्गा कब्जा गर्दै आफ्नो पार्टीको झन्डा गाडेको छ ।
बुधबार बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गा कब्जा गरेको भन्दै ब्यानर टाँसेको छ । तत्कालीन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा फेरि विप्लव समूहले कब्जामा लिएको हो ।
विप्लव नेतृत्व पार्टीले स्थानी राजेन्द्र मल्ल र वीरबहादुर मल्लको घरसँगै रहेको ३५ बिघा जमिन, देवबहादुर मल्लको ८ बिघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा कब्जा गरेको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा दीपक ओलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
तीन वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?