‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो’
काठमाडौं-नेपाल प्रहरीले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मुलुकमा अपराधको सङ्ख्या वृद्धि हुँदै गएको बताएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा सम्बन्धी छलफल तथा अन्तक्र्रिया’मा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विभिन्न आपराधिक घटनामा वृद्धि भएको बताइएको हो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति र सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढेको बताए । “गतवर्ष प्रहरीले ९७।५ प्रतिशत अपराधको सफल अनुसन्धान गरेको छ,”–उनले भने । सामाजिक विकृतिका कारण समाजमा देखिएका लैङ्गिक हिंसा, घरेलु हिंसा, हत्या आत्माहत्या घटनामा वृद्धि भएकाले यसलाई न्यूनीकरण गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जकी प्रहरी निरीक्षक अनिता महतले समुन्नत समाज निर्माण गर्न प्रहरीले विद्यालय तहदेखि नै सचेतनात्मक प्रशिक्षण सञ्चालन गरेको बताउँदै नेपाल प्रहरीले महिला र बालबालिकाको मुद्दामा गम्भीर भएर अनुसन्धान गरेको उल्लेख गरे ।
सामुदायिक प्रहरी सेवा केन्द्र बाँसबारीका अध्यक्ष रमेश खड्काले लैङ्गिक हिंसा तथा सामाजिक विकृतिका विरुद्ध सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिकाको सुरुवाती टोली सार्वजनिक
-
सकिरा र बर्ना ब्वायको प्रस्तुतिले तात्यो उद्घाटन समारोह
-
मेक्सिकोमा फिफा विश्वकप २०२६ को भव्य उद्घाटन समारोह सुरु
-
ट्रम्पद्वारा इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द
-
वाल्मीकि विद्यापीठको नक्ली पत्र बनाएर विदेशीलाई भिसा दिलाउने विरुद्ध लिखत किर्तेमा अनुसन्धान
-
बागमती प्रदेश खेलकुद प्रतियोगिता असार ३ गतेदेखि, १५ विधाका खेलमा प्रतिस्पर्धा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण