दीलिप र प्रियङ्काको रोमान्स रहने ‘लक्का जवान’ घोषणा
काठमाडौं– हास्यकलाकार शिवहरि पौडेलको निर्देशन रहने फिल्म ‘लक्का जवान’ घोषणा भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । यसअघि केही हाँस्यटेलिसिरियल निर्देशन गरेका पौडेलको फिल्म निर्देशनमा यो नै डेब्यु हो । फिल्मका प्रस्तुतकर्तामा ध्रुव पन्त रहेका छन् ।
किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्मातामा रहेको फिल्ममा अनसुया श्रेष्ठ वन्त निर्मात्राको रुपमा रहेकी छन् । सहनिर्मातामा भने राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी छन् ।
निर्देशक पौडेलकै कथा रहेको फिल्ममा पौडेल स्वयंको मुख्य भुमिका रहने छ । उनको अलवा फिल्ममा किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारको पनि अभिनय रहने कार्यक्रममा जानकारी दिइयो ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन रहने फिल्मको भदौ लगतै छायाँकन सुरु हुने बताइएको छ । घोषणा कार्यक्रममा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, अभिनेता रमेश उप्रेती, राजाराम पौडेल लगायतको उपस्थिति थियो । फिल्मका मुख्य अभिनेत्री प्रियंका र बर्षाको भने कार्यक्रममा देखिएन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने