दीलिप र प्रियङ्काको रोमान्स रहने ‘लक्का जवान’ घोषणा
काठमाडौं– हास्यकलाकार शिवहरि पौडेलको निर्देशन रहने फिल्म ‘लक्का जवान’ घोषणा भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । यसअघि केही हाँस्यटेलिसिरियल निर्देशन गरेका पौडेलको फिल्म निर्देशनमा यो नै डेब्यु हो । फिल्मका प्रस्तुतकर्तामा ध्रुव पन्त रहेका छन् ।
किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्मातामा रहेको फिल्ममा अनसुया श्रेष्ठ वन्त निर्मात्राको रुपमा रहेकी छन् । सहनिर्मातामा भने राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी छन् ।
निर्देशक पौडेलकै कथा रहेको फिल्ममा पौडेल स्वयंको मुख्य भुमिका रहने छ । उनको अलवा फिल्ममा किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारको पनि अभिनय रहने कार्यक्रममा जानकारी दिइयो ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन रहने फिल्मको भदौ लगतै छायाँकन सुरु हुने बताइएको छ । घोषणा कार्यक्रममा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, अभिनेता रमेश उप्रेती, राजाराम पौडेल लगायतको उपस्थिति थियो । फिल्मका मुख्य अभिनेत्री प्रियंका र बर्षाको भने कार्यक्रममा देखिएन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
-
गर्मीयाममा नाकबाट रगत किन बग्छ ?
-
अछाममा चट्याङ लागेर चार जना घाइते
-
कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत फेला
-
‘गौँथली’ ट्रेलर : एक युवतीको विवाहपछिको चुनौती र सङ्घर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण