बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सत्यवतीका बाढी पीडितलाई लाईन्स क्लवद्धारा सहयोग

बुधबार, १५ साउन २०७६, १८ : २३
बुधबार, १५ साउन २०७६

बुटवल– गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ३ र ४ मा  साउन ६ गतेको बाढि पहिरोबाट पीडितहरुको उद्धारमा काठमाडौंको एक संस्थाले लाखौं मूल्य बराबरको  सहयोग हस्तान्तरण गरेको छ ।  काठमाडौंको लाईन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक–( ३२५ बि वान) नामक संस्थाले वडा नम्वर ३ को  ठुलो लुम्पेक  र ४ को लिम्घामा खाद्यन्न र लत्ता–कपडा गरि करिव १४ लाख मुूल्य बराबरको सहयोग हस्तान्तरण गरेको हो ।

उक्त  संस्थाका कोषाध्यक्ष भिमलाल पौडयालको नेतृत्वमा आएको टोलीले सत्यवती बाढि पहिरो पीडित ब्यवस्थापन समितिका संयोजक एवं वडा नम्वर ४ का  वडाध्यक्ष दानबहादुर राना लगायतका जनप्रतिनिधिहरु मार्फत पीडितहरुलाई हस्तान्तरण गरेका थिए । त्यस्तै कोषाध्यक्ष पौड्यालले ब्यक्तिगत तर्फबाट लिम्घाका ८ जना मृतकका परिवाजनलाई लाई जनही ५ हजारका दरले नगद सयोग गरेका थिए ।

त्यस्तै सत्यवती–१ अस्लेवाका समाज सेवी चिन्तामणि पाण्डेले पनि मृतकका परिवारलाई जनही ५ हजारका दरले आर्थिक सहयोग गरेका थिए । ठुलो लुम्पेकका पहिरो पीडितहरुलाई पनि समाजसेवी पाण्डेले व्यक्तिगत २५ हजार नगद  र २७ हजार बराबरको जिन्सी सहयोग समेत गरेका थिए ।

टोलीले आफैले मालवाहक ट्रकमा पर्याप्त खाद्यन्न, लत्ता कपडा अन्य जिन्सी शिविरमा ल्याई वितरण गरेको थियो । हाल सम्म सामाजिक संघ संस्था मध्येबाट सबैभन्दा ठुलो सहयोग उक्त संस्थाले लिएर हस्तान्तरण गरेको सहयोग संकलन समितिका संयोजक तथा वडाध्यक्ष दानबहादुर रानाले बताए ।

देशैभर हुने विपद्मा उद्धारको कार्यमा जुट्दै आएको लाईन्स क्लव अफ डिष्ट्रिक ३२५ बि वानले २०७२ का भूकम्पपीडित र त्यसको अर्को बर्ष गुल्मीको दजाकोटका अग्नी पीडितहरुलाई पनि ठुलो सहयोग गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप