शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निद्रामा सुन्दर तस्बिर बनाउने यी व्यक्ति

बुधबार, १५ साउन २०७६, १२ : ५९
बुधबार, १५ साउन २०७६

बीबीसी

धेरैजसो मानिसको निद्रामा हिँड्ने वा बर्बराउने बानी हुन्छ । तर एक यस्ता व्यक्ति छन् जो निद्रामा तस्बिर बनाउँछन् । उनको नाम हो ली हेडविन ।

उनी ब्रिटेनको वेल्श सुबेको कार्डिफ शहरमा बस्छिन् । ली हेडविन जब चार वर्षका थिए तब उनले भित्तामा चित्र बनाउन सुरु गरेका थिए ।

यति भनेपछि तपाईंले भन्नुहोला कि यो उमेरका कुन बच्चाले भित्ता नरङ्गाउलान् । अन्य बच्चा र लीमा फरक यो थियो कि उनी सुत्ने बेला चित्र बनाउँथे । उनी जतिजति हुर्कंदै गए, सुतिरहेका बेला चित्र बनाउने उनको क्षमता थप सुध्रँदै गयो ।

जब उनी १५ वर्षका थिए तब हेडविनले हलिउड अभिनेत्री मर्लिन मुनरोका तीन चित्र बनाएका थिए । तर आज उनलाई यसबारे केही याद छैन । रोचक कुरा के छ भने सुतेका बेला चित्र बनाउने ली हेडविन जागा अवस्थामा कुनै चित्र बनाउन सक्दैनन् ।

निद्रामा चित्रकला कसरी ?

लीको यो अचम्म गरिदिने कलाबारे कार्डिफ युनिभर्सिटीकी पेनी लुइसले अनुसन्धान गरेकी छिन् । उनका अनुसार सुत्नेबेला चित्र बनाउनु, उनको आधा सुतेको र आधा जागेको मस्तिष्कका कारण हो ।

पेनी लुइसका अनुसार मानिसहरु निद्रामा कोल्टे फेर्छन् । बर्बराउँछन् वा हिँड्न थाल्छन् । यो सबै हाम्रो दिमागमा चलेको उथलपुथलको नतिजा हो । यो निकै सामान्य घटना हो ।

तर ली हेडविनको मामला योभन्दा पनि अगाडि बढेको छ । उनी पेन्सिल, ब्रस वा यहाँसम्म की हड्डीले पनि चित्र बनाउन थाल्छन् । यो सबै सामान्य हुन्थ्यो यदि उनले जागेको अवस्थामा यस्तो गरेको भए ।

पेनी लुइसका अनुसार लीको दिमागको बनावट र काम गर्ने तरिका दुबै निकै जटिल छ । उनी यो मसलालाई बुझ्ने कोसिस गरिरहेकी छिन् । उनी भन्छिन्, ‘जब हामी सुतिरहेका हुन्छौं तब हामी हाम्रो शरीर पनि सुतिरहेको छ भन्ने ठान्छौं । तर, हाम्रो दिमागको एउटा हिस्सा त्यतिबेला पनि निकै सक्रिय हुन्छ ।’

त्यसले जागा भएको बेला गरिने कामको अभ्यास गर्छ । नयाँ कुरा र नयाँ कौशल सिकाउँछ । यादहरुलाई साँच्छ । हाम्रो मस्तिष्कसँग यति काम हुन्छ कि सुत्ने फुर्सद नै हुँदैन ।

ली हेडविन भन्छन्, ‘सुतिरहेका बेला मेराे शरीरमा कुनै कला प्रदर्शनीको विचार आउँछ । जसमा विभिन्न सेक्सन हुन्छ । म धेरैजसो यसै सेक्शनको हिसाबले चित्र बनाउने गर्छु ।

पेनी लुइसका अनुसार सुत्ने बेला हाम्रो दिमागको तर्क गर्ने हिस्सालाई निद्रा लाग्छ । तर दिमागको त्यो हिस्सा जसले भावना महसुस गर्छ र त्यसलाई नियन्त्रित गर्छ, त्यो जागा रहन्छ । यसलाई लिम्बिक ब्रेन भनिन्छ जुन सुतिराख्दा पनि जागा हुन्छ ।

ली हेडविन

पेनी लुइस भन्छिन्, ‘ली हेडविनको शरीरमा जे हुन्छ त्यो हामीले हेरिरहेका छौं । यसको सम्बन्ध मानिसको विकास अर्थात् प्राकृतिक विकासको प्रक्रियासँग जोडिएको हुन्छ ।’

आदि मानव जब जंगलमा बस्दथे तब उनीहरु सुतिरहेका बेला पनि सतर्क हुनुपर्दथ्यो ताकि कुनै खतरा आए उनीहरु तत्काल त्यहाँबाट बच्नका लागि भाग्न सकून् । ली हेडविनले आफ्नो यो बानीका कारण धेरैपटक समस्याको पनि सामना गर्नु परिरहेको छ । उनी भन्छन्, ‘राती जब अचानक जागा हुन्छन् तब पसिनै पसिना हुन्छन् । डर लाग्छ । निकै आत्तिन्छु ।’

पेनी लुइस भन्छिन्, ‘सुतिरहेका बेला मानिसहरु हत्या, बलात्कार र चोरीजस्ता अपराधजन्य घटना गर्ने गर्छन् । यस्तोमा ली हेडविन सुतिरहेका बेला चित्र बनाउँछन्, यो राम्रो कुरा हो कि उनी अपराधतर्फ झुकेनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप